भरतपुर महानगरपालिका-१७ शारदानगरमा एक पुरुष मृत भेटिएका छन् । वस्तीबाट करिब ३ सय मिटर परकाे सिमलडाँडा घोलमा शव भेटिएको हो ।
आज विहान ७ बजेतिर पैदलयात्रीले बाटोमा रगत र गाेलि देखेपछि घोलमा हेर्दा शव भेटिएको थियो । शारदानगरको सिमलडाँडादेखि डेरीचोक जाने बाटो नजिकैको घोलमा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबरपाएपछि जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली घटनास्थल पुगेको चितवन प्रहरीका प्रवक्ता सूर्यबहादुर थापाले बताए। उनले शवको सनाखत भइनसकेको भन्दै ‘घटनाको सनाखत भएपछि, छिट्टै तथ्य सार्वजनिक गर्ने बताएकाछन् ।