भिम भुसाल, देवचुली ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा दुई दिनको अवधिमा ३५८० जनाले कोभिड भेरोसेल खोप लगाएका छन् । देवचुली नगरपालिकाको दुम्कौली अस्पताल, प्रगतिनगर हेल्थपोष्ट, रजहर हेल्थपोष्ट र देवचुली हेल्थपोष्ट गरि चार केन्द्रहरुमा ३५८० जनाले उक्त खोप लगाएका हुन् ।
देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठका अनुशार दुई दिनको अवधीमा १७१९ महिला र १८६१ पुरुषले खोप लगाएका छन् । जसमध्ये दुम्कौली अस्पतालमा ५२८ महिला ६५१ पुरुष, प्रगतिनगर हेल्थपोष्टमा ५९७ महिला ६०३ पुरुष, रजहर हेल्थपोष्टमा २९५महिला ३०८ पुरुष, र देवचुली हेल्थपोष्टमा २९९ महिला २९९ पुरुष रहेका छन् ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशन अनुशार देवचुलीमा ५५ वर्षभन्दा माथि उमेर समुह, शिक्षक, कर्मचारी,चालक सहचालक, वैदेशिक यात्राको तयारीमा रहेका ब्यक्ति, विद्यार्थि ग्यास डिपो तथा पेटोलपम्प, अक्शिजन ग्यास उद्योग, टेलिकम बैक खानेपानिका कर्मचारी, प्रहरी तथा पत्रकारलाई भेरोसेल खोप लगार्ईएको छ ।