भिम भुसाल, नवलपुर ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले ९ महिनाको अवधिमा ३८२ जना जुवाडेलाई पक्राउ गरेको छ । गत कात्तिक ९ गते देखि असार मसान्त सम्मको ९ महिनाको अवधीमा जिल्लामा ३७७ जना पुरुष र ५ जना महिला जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी उपरिक्षक प्रकाश मल्ल जिल्ला प्रहरी कार्यालय नवलपुरमा प्रमुखको रुपमा आएसँगै जुवा तास खेल्ने र खेलाउनेहरुलाई नियन्त्रणमा लिने र कानुन अनुशारको कारवाही शुरु गरेसँगै जिल्लामा जुवा तास नियन्त्रणमा आएको छ ।
प्रहरी प्रमुखको रुपमा आएका मल्लले हाल सम्म जिल्लामा जुवातासको ५२ ओटा मुद्धा चलाइसकेका छन् । ९ महिनाको अवधिमा जुवा मुद्धाबाट जिल्लामा ३६ लाख ५१ हजार १ सय ४१ नेपाली रुपैया, २६० दिराम र भारतीय ४२ हजार ६ सय ५५ रुपैया राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रकाश मल्लले जानकारी दिए ।