मुर्दा हरु बोल्दैनन्,
बोल्ने सासहरु हुन।
सास फेर्न भुल्दै जानु
मुर्दा हुनु जस्तै हो।
जस्तै र हुनुमा फरक हुदोरहेछ।
जस्तै: मेरो सास थियो र छ।
नभएको कुरा किन हत्या गर्नु?
हत्या हुनु भनेको
जुन छुनु जस्तै रैछ।
मुर्दा हुनु जस्तै रैछ।
पुनःजन्म हुनु जस्तै रैछ।
सास हुनेले खास गर्दैनन,
खास हुनेले सास फेर्दैनन।
नपत्याए फोटामा टाँगिएका
बा लाई हेर त सास फेरे त?
हार्ने सास हुने ले रैछ,
जित्ने सास नहुने ले रैछ।
नपत्याए फोटामा टाँगिएका
आमालाई हेर त कहिल्यै हारे त?
मलाई बा को फोटामा
सास भर्न मन छ।
मलाई आमाको फोटामा
सास भर्न मन छ।
कसैले भन न मलाई
सासको मुल्य कति?
मेरो साथीले १०० रुपैयाँमा
सास बेचेर सधैं आश गर्ने बनायो।
के म मेरा बा आमाको लागि
पुनः सास किन्न सक्छु??
© सुजन बस्नेत
०७८-०३-२७