भिम भुसाल, नवलपुर ।
पुर्वि नवलपरासीको बौलाहा खोलामा एक पुरुषको शव फेला परेको छ । दाउरा काट्न जंगल गएका लम्जुङ खुदि घर भई हाल देवचुली नगरपालिका वडा नम्बर ३ बस्ने वर्ष २७ का बिजय भण्डारी देवचुली नगरपालिका वडा नम्बर १२ को खोला किनारमा मृत अवस्थामा फेला परेका हुन् ।
आज विहान ७ः१५ को समयमा स्थानियले शव फेला पारी प्रहरीलाई खबर गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले बताएको छ । दाउरा काट्न खोलामा गएका उक्त पुरुषमा क्षयरोग समेत रहेकाले उक्त कारणले मृत्यु भएको हुन सक्ने आकलन गरिएको छ ।
शवलाई पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएको छ ।