भिम भुसाल, देवचुली ।
नवलपरासी पुर्वको देवचुली नगरपालिका वडा नम्बर १० मा निमार्णाधिन शिवालय मन्दिर खोलामा आएको बाढिले भत्काएको छ । लोकाहा खोला किनारमा निमार्णाधिन मन्दिर असार ११ गते खोलामा आएको बाढिले भत्किएको हो ।
देवचुली र कावासोती जोड्ने पुल निमार्णको क्रममा मन्दिरको छेउबाट डाइर्भसन बनाउदा, डाइर्भसनमा आएको बाढिले मन्दिर भत्किन पुगेको शिवालय मन्दिर निमार्ण ब्यवस्थापन समितिका अध्यक्ष संजय काफ्लेले बताउनुभयो । स्थानिय तथा विभिन्न ब्यक्तिहरुको सहयोगमा निमार्णाधिन मन्दिरमा जम्मा १२ लाख ६५ हजार खर्च भैसकेको अध्यक्ष काफ्लेले बताउनुभयो ।
देवचुली नगरपालिकाका मेयर एंव प्रमुख प्रशासकिय अधिकृतले शिलन्यस गर्नुभएको मन्दिर भत्किसकेपछी मन्दिर निमार्ण ब्यवस्थापन समितिको निगरानिमा पुल निमार्णको जिम्मा लिएको डाईनामिक सफल कन्टक्सन कम्पनीले मन्दिरको निमार्ण गरिदिने बताएको समितिले जनाएको छ ।