नवलपुर । पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर –३, स्थित होङ्सी गेट नजिकै डुमे्रखोलाको ड्याममा पौडी खेल्ने क्रममा मंगलबार दिउसो बझाङ बेहुलीकोट बस्ने २१ वर्षीय लक्ष्मण बोहोराको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रहरी निरीक्षक मधुसुधन सिंहका अनुसार डुमे्रखोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका बोहोराको खोज तलासका क्रममा शव भेटिएको हो । बोहोरा ट्रकको सहचालक रहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो ।