डोलराज रानाभाट, गैँडाकोट,असार ५ । कोरोना महामारीको पहिलो चरणमा उत्कृष्ट सेवा प्रदान गरी सतप्रतिशत विरामी निको बनाउन सफल सामुदायिक प्राकृतिक चिकित्सालय रजहरले अवबाट प्याथालोजी ल्याव सेवा पनि संचालन गर्ने भएको छ । नवलपुर समाज जापानले रु. ११ लाख बरावरको उपकरण आज सहयोग गरेपछि एक महिनाभित्र ल्याव संचालन गर्ने चिकित्सालयका निर्देशक डा विनोद पौडेलले जानकारी दिनुभयो ।
निर्देशक पौडेलले विरामीहरु भर्ना हुन आउँदा के समस्या छ भन्ने सामान्य जाँचको लागि पनि वाहिरबाट ल्यावका व्यक्तिहरु बोलाएर सेवा दिनुपर्ने वाध्यताबाट मुक्त पाएको भन्दै समाजप्रति आभार व्यक्त गर्नुभयो । चिकित्सालयमै ल्याव संचालनपछि विरामीको अनावश्यक खर्च जोगिनुका साथै उपचारमा धेरै सहज हुने पौडेलको भनाई छ ।
प्राकृतिक पद्धतीबाट उपचार गराउँदै आएको चिकित्सालयलाई नवलपुर समाज जापानले आज एका कार्यक्रमकावीच संविधान सभा सदस्य महेन्द्रध्वज जिसीको प्रमुख आतिथ्यतामा समाजका संस्थापक अध्यक्ष केशव पौडेल र वर्तमान कार्यसमिति महासचिव सूर्य सापकोटाले चिकित्सालयका अध्यक्ष सन्तवहादुर क्षेत्रीलाई उपकरण हस्तान्तरण गर्नुभएको हो ।
उपकरण हस्तान्तरण गर्दै नवलपुर समाजका संस्थापक अध्यक्ष केशव पौडेलले महामारीमा तत्काल उपचार गर्न सक्ने र भविष्यमा प्राकृतिक उपचार पद्धतीको कलेज समेत संचालन गर्ने अवधारण लिएकाले ल्यावका उपकरण सहयोग गरेको बताउनुभयो । विदेशमा भएपनि आफ्नो जन्मभूमिमा हुने विभिन्न विपत र पीडामा सहयोगी वन्ने काम गरिरहेको महासविच सूर्य सापकोटाले बताउनुभयो । समाजमा आवद्ध हुने आजीवन सदस्यबाट प्राप्त रकमले उपकरण सहयोग गरेको भन्दै जनताले सहज उपचार पाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले जननी जन्म मूमिश्व स्वर्गद्धापी गरियसी भन्ने भाव नवलपुर समाज जापानले प्रमाणीत गरेको र ल्याव जडानमा पछि निरन्तर संचालन हुने गरी योजना बनाउन सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै चिकित्सालयका अध्यक्ष सन्त वहादुर क्षेत्रीले अत्यन्त आवश्यक उपकरण सहयोग पाएको भन्दै यसले जनताको स्वास्थ्य उपचारमा ठूलो सहयोग मिल्ने बताउनुभयो । ल्याव संचालनका लागि आवश्यक सवै कार्य पुरा गर्ने बताउँदै समाजसँगको सम्वन्ध निरन्तर रहने बताउनुभयो । समाजको सहयोगले चिकित्सालयको सेवा विस्तारमा ठूलो सहयोग मिलेको बताउँदै व्यवस्थापक हरि सापकोटाले सहयोग अभियानमा जोडिने सवै नवलपुर समाज जापनप्रति धन्यवाद दिनुभएको थियो ।
चिकित्सालयका महासविच प्रदिपराज घिमिरेले सहजीकरण गर्नुभएको कार्यक्रममा देवचुली १६ का वडाअध्यक्ष केशर वहादुर क्षेत्री,इलाका प्रहरी कार्यालय रजहरका प्रमुख नविन कुमार थापा,नेपाल रेडक्रस सोसाइटी कावासोतीका सभापति वेदप्रसाद न्यौपाने,क्रसर व्यवसायी संघका भोजेन्द्र रायमाझि,नवलपुर समाज जापानका सल्लाहाकार आरती गैरे,समाजका आजीवन सदस्य प्रमानन्द सापकोटा, मन्दीप सापकोटा,युवा नेता गणेश सापकोटा लगायतको उपस्थिती रहेको थियो ।