डोलराज रानाभाट, पाेखरा : गण्डकी प्रदेश सरकारले सवै प्रदेशवासीर्लाइ कोरोनाविरुद्धको खोप उपलब्ध गराउने गरी बजेट सार्वजनिक गरेको छ । कोरोना महामारी नियन्त्रणमा केन्द्रीत रहेको बजेट सार्वजनिक गर्दै अर्थमन्त्रालयको समेत जिम्मेवारी लिनुभएको मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेलले आज प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिनुभएको हो ।
स्थानीय तहमा हस्तान्तरण हुने वित्तिय ,शसर्त,समपुर र विशेष अनुदानलाई निरन्तरता दिएको बताउँदै १ अर्व १० करोड विनियोजन गरिएको छ । प्रत्येक स्थानीय तहमा १ करोड बजेट आउने भएको छ ।
गण्डकी प्रदेश सरकारले कुल ३० अर्व ३ करोड ९४ लाख २७ हजारको बजेट सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजन गरिएको कुल बजेट मध्य चालु तर्फ १३ अर्व ६ करोड ४७ लाख ९४ हजार अर्थात ४३ दशमलव ५ प्रतिशत र पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख ५५ दशमलव ७ प्रतिशत र वित्तिय तर्फ २४ करोड अर्थात ० दशमलव ८ प्रतिशत विनियोजन गरिएको अर्थमन्त्रालयको समेत जिम्मेवारी लिनुभएका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै संसदमा प्रस्तुत गर्नुभएको बजेट अनुसार उक्त खर्च व्यहोर्ने आम्दानीको स्रोतमा नेपाल सरकारकाबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्व ४२ करोड २८ लाख, शसर्त अनुदान ४ अर्व १८ करोड ४३ लाख, समपुरक अनुदान ८७ करोड ३६ लाख र विशेष अनुसदान ५४ करोड ९० लाख रुपैया रहेको छ । राजश्व वाँडफाँडबाट प्राप्त हुने ७ अर्व ६२ करोड ७० लाख,रोयल्टीबाट प्राप्त हुने ३० करोड, आन्तरिक राजश्व ४ अर्व ९८ करोड २७ लाख २७ हजार व्यहोर्दा पनि ४ अर्व १० करोड बजेट न्यून हुनेछ ।
उक्त न्यून बजेट पूर्ति गर्न चालु आवमा खर्च नभई वाँकी रहने नगद अनुमान २ अर्व १० करोड उपयोग गरिने र उक्त उपयोग गर्दा पनि अपुग हुने २ अर्व मध्य आन्तरिक ऋण १ अर्व र नेपाल सरकारबाट १ अर्व ऋण लिने उहाँले बताउनुभयो ।
बजेटमा नवलपुर जिल्लाका लागि नारायाणी विचपार्क निर्माणका लागि डिपिआर गर्न बजेट विनियोजन गरिने, मध्यविन्दु अस्पतालमा ट्रमा सेन्टर निर्माण गर्ने, नमुना सदरमुकाम निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउने र लोकाहा खोलामा प्रदेश स्तरीय औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरेको पोखरेलले बताउनुभयो । https://drive.google.com/file/d/1dFZBA7-GvA0JkztG9ndlOA92IQ3zwLoq/view