पोखरा, १
बाढी र पहिराेबाट प्रभावितलाई तत्काल उद्धार गर्न गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीले निर्देशन दिनुभएकाेछ ।
लगातारकाे बर्षाका कारण गण्डकी प्रदेश भित्रका विभिन्न ठाउँमा आएकाे बाढी पहिराेबाट प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न सुरक्षा प्रशासनलाई निर्देशन दिनुभएको छ।
मुख्यमन्त्री नेपालीले स्थानीय प्रमुख जिल्ला अधिकारीसंग टेलिफोन संवाद गरि मानवीय तथा धनजनकाे क्षति न्युनिकरणका लागि कुनै कमि नगर्न निर्देशन दिनुभएको छ। वाढि, पहिराे, प्रकाेप लगाएत कुनै पनि विपद परेका नागरिककाे सुररक्षा प्रदेश सरकारकाे पहिलाे प्राथमिकता रहेकाे जानकारी दिदैं उहाँले सम्बन्धित निकायलाई सतर्क र तयारी अवस्थामा रहन निर्देशन पनि गर्नुभयाे।
मुख्यमन्त्री नेपालीले प्रदेश भरिका सम्पुर्ण सुरक्षा प्रशासन र सरोकारवालाहरुलाई विशेष सुरक्षा सतर्कता अपनाउन र विपद न्यूनीकरणमा लाग्न समेत आग्रह गर्नुभएको छ।
सोमबार देखि लगातर परेको झरीले मनाङ्गकाे चामे र नासो गाउँपालिकाका दर्जनौं घरहरु डुवानमा परेको र पहिराेले वगाएकाे स्थनीय प्रशासनले जानकारि दिएकाे छ।