नवलपुर । लगातारकाे वर्षासँगै आएकाे बाढिले नवलपुरका विभिन्न नदी तथा खोलाहरुमा पानिकाे बाहाव बढेकाे छ । भारी वर्षको सम्भावना अझै रहेकाले डुबान र बाढीबाट जोखिम क्षेत्रमा बसाेबास गर्ने बासिन्दाहरुलाई सतर्क रहन पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।
नारायणी, गण्डकी लगाएतका खाेला तथा नदीमा पानीको बहावले खतराको सङ्केत पार गरेको छ ।
नवलपुरमा पछिल्लो ६ घण्टा देखिबर्षा भईरहेको र थप बर्षा हुनेदेखिएकोले डण्डा, अरुङखोला, गिरुवारीखाेला तथा नारायणी नदिकाे तटिय क्षेत्र आसपासका क्षेत्रमा बाढी आउने भएकाले त्यहाँ बस्ने बासिन्दाहरुलाई थप सतर्क हुन महाशाखाले अनुराेध गरेकाे ।