लागुऔषध सहित दुई जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । पुर्वपश्चिम मुख्य मार्ग अन्तर्गत दाउन्नेवाट मोटरसाईकलमा सवार दुई जनालाई पक्राउ गरेको हाे ।
पश्चिम बाट पुर्ब तर्फ आउदै गरेको लु ६ प १३०१ नम्बरको मोटरसाईकलमा सवार चालक नवलपरासी पश्चिम सुनवल नगरपालिका वडा नं. ४ तुरीया बस्ने बर्ष २२ को बासुदेब कुमाल र सोही ठेगाना भएका बर्ष २३ को सुनिल पुन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट डाईजापम;–४५ एम्पुल, नुफिनः–४५ एम्पुल, फेनारगनः– ४६ एम्पुल, स्पास्मो;– ८ क्याप्सुल र नाईट्राभेट;– २८ ट्याप्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।