मदन अर्याल, नवलपुर ।
राष्ट्रिय युवा संघ नेपाल नवलपुर जिल्ला कमिटि देवचुली नगरपालिका वडा नं. ९ मा खाद्यसामाग्री वितरण गरेकाे छ । देवचुली-९ स्थीत तिनघरे टाेलविकास समितिलाई खाद्यसामाग्री हस्तान्तरण गरेकाे हाे ।
निषेधाज्ञाकाे कारण दैनिक मजदुरी गरि जिविकाेपार्जन गर्ने स्थानियहरुलाई दैनिक गुजारा गर्न पनि समस्या परेकाे जानकारी पाएपछि तिनघरे टाेलविकास समिति मार्फत खाद्य सामाग्री हस्तान्तरण गरेकाे युवा संघ नवलपुरका संयाेजक कृष्ण कडेलले जानकारी दिनुभयाे । हाल करिव ८ घरधुरीकाेलागी १५ दिनलाई पुग्ने खाध्य सामाग्री हस्तान्तरण गरेकाे र आवश्यक परेकाे खण्डमा युवासंघ नेपालले थप सहयाेग गर्ने कुराेकाे पनि जानकारी दिनुभयाे ।
सम्पूर्ण राजनितिक पार्टी, भातृ संगठन, संघसंस्थाहरु मिलेर याे माहामारी विरुद्ध अगाडि वढ्नुपर्ने र समस्यामा परेका नागरिकलाई निस्वार्थ भावले सहयाेग गर्नुपर्ने कुरामा पनि संयाेजक कडेलले जाेड दिनु भयाे । उहाँले अवकाे युवा नेतृत्व बन्द, हड्ताल, आन्दाेलन भन्दापनि जनताकाे पिरमर्का बुझ्ने र जनताकाे दुखसुखमा साथ दिने खालकाे हुनुपर्ने र त्यकाे नेतृत्व युवासंघ नेपालले गर्ने जिकिर पनि गर्नु भयाे ।
त्यसै युवा संघ नवलपुर जिल्ला कमिटिले देवचुली नगरपालिकामा रहेकाे पाठसाला स्कुलकाे भ्यान काेराेना संक्रमितकाेलागि एम्वुलेन्सकाेरुपमा प्रयाेग गर्न नगरपालिकालाई दिएकाेमा धन्यवाद दिदै ईन्धन खर्च स्वरुप केही रकम पनि हस्तान्तरण गरेकाे छ ।
जिल्ला कमिटिले याे भन्दा अगाडि पनि गैडाकाेट, कावासाेती लगाएतका जिलल्लाका विभिन्न स्थानिय निकायहरुमा खाद्यसामाग्री वितरण गरेकाे थियाे ।
खाद्यसामाग्री युवा संघ नेपाल नवलपुर जिल्ला कमिटी संयाेजक कृष्ण कडेल, तिनघरे टाेलविकास समितिका अध्यक्ष चन्द्रबहादुर थापा, वडा सदस्य लगायतकाे उपस्थिति थियाे ।