नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका २ जनालाई लागुऔषध सहित दाउन्नेबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारमा पश्चिमबाट पूर्व आउँदै गरेको ना ५२ प ९४५८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच नर्गे क्रममा उनीहरुलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा देवचुली नगरपालिका ३ निवासी २५ बर्षीय सुदिप पौडेल र २५ बर्षीय आकाश थापा रहेका छन् ।
उनीहरुको साथबाट नवलपुर प्रहरीले नुफिन ७० एम्पुल, फेनारगन ७० एम्पुल, डाइजापाम ७० एम्पुल र नाइट्राभेट ३ सय ट्याब्लेट बरामद गरेको छ ।
उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कारवाही गरिने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए ।