१७ जेठ, नवलपुर ।
आगामी आर्थिक वर्ष २०७८–०७९ मा नवलपुरका आठ पालिकाका लागि संघ सरकारले तिन अर्ब २९ करोड ४९ लाख बजेट विनियोजन गरेको छ ।
नवलपुर आठ स्थानीय तहलाई चालु तर्फ दुई अर्ब ९१ करोड ६२ लाख र पुँजीगत तर्फ ३७ करोड ८७ लाख रकम प्रदान गरेको हो ।
विनियोजित वजेट नवलपुरमा चालु वर्षको भन्दा २५ करोड ४१ लाख बढी छ । चालु वर्षमा ३ अर्ब ४ करोड ८ लाख विनियोजन भएको थियो ।
जिल्लामै यसपटकको वजेट चालु वर्षको भन्दा ७ दशमलव ७१ प्रतिसतले बढेर आउँदा आठ पालिकामध्ये नगरपालिकातर्फ देवचुली र गाउँपालिकातर्फ बौदीकालीका लागि मात्रै विनियोजित वजेट घटेर आएको छ ।
चालु वर्षमा ४४ करोड ५३ लाख प्राप्त गरेको देवचुलीका लागि रु.६१ लाख र २६ करोड ३१ लाख प्राप्त गरेको बौदीकालीलाई रु.७० लाख कम वजेट परेको छ ।
देवचुली नगरपालिकालाई ३९ करोड ३३ लाख चालु तर्फ र चार करोड ५९ लाख पुँजीगत गरि कुल ४३ करोड ९२ लाख बजेट विनियोजन भएको छ ।
बौदीकाली गाउँपालिकालाई २३ करोड ८१ लाख चालु तर्फ र १ करोड ८० लाख पुँजीगत गरि कुल २५ करोड ६१ लाख बजेट छुट्याएको छ ।
चालु वर्षका लागि वजेट विनियोजन हुँदा वुलिङटार र हुप्सेकोटलाई भने उत्साहजनक वजेट परेको छ । आगामी आवका लागि वुलिङटारले चालु आवमा भन्दा ७ करोड ६७ लाख र हुप्सेकोटले ७ करोड १३ लाख वढी वजेट प्राप्त गर्ने भएका छन् ।
बुलिङटार गाउँपालिकाका लागि २८ करोड ९१ लाख चालु तर्फ र २ करोड ३७ लाख पुँजीगत गरि कुल ३१ करोड २८ लाख बजेट मिल्ने भएको छ ।
हुप्सेकोट गाउँपालकालाई २६ करोड ८७ लाख चालु तर्फ र ५ करोड ६८ लाख पुँजीगत गरि कुल ३२ करोड ५५ लाख बजेट विनियोजन गरिएको छ ।
जिल्लामा सवैभन्दा धेरै वजेट कावासोती नगरपालिकाले प्राप्त गर्ने भएको छ । कावासोती नगरपालिकालाई ५९ करोड ७९ लाख बजेट विनीयोजन भएको छ । चालु तर्फ ५० करोड सात लाख र पुँजीगत तर्फ ९ करोड ७२ लाख बजेट विनियोजन भएको छ । कावासोती नगरपालिकाले चालु वर्षको भन्दा रु. १ करोड ६० लाख धेरै वजेट प्राप्त गर्ने भएको हो ।
गैंडाकोट नगरपालिकाले चालु वर्षको भन्दा रु. २ करोड ८२ लाख धेरै वजेट पाउने भएको छ । ४६ करोड ३१ लाख चालु तर्फ र ५ करोड १३ लाख पुँजीगत गरि कुल ५१ करोड ४४ लाख बजेट विनियोजन गरिएको छ ।
चालु वर्षकोभन्दा रु.३ करोड ७९ लाख बढी वजेट मध्यविन्दु नगरपालिकालाई परेको छ । मध्यविन्दुलाई ४९ करोड ४७ लाख बजेट विनियोजन गरिएको छ । चालु तर्फ ४३ करोड ४० लाख र पुँजीगत तर्फ ६ करोड सात लाख बजेट छुट्याईएको हो ।
विनयी त्रिवेणी गाउँपालिकालाई चालु वर्षकोभन्दा ३ करोड ७१ लख वढी वजेट परेको छ । विनयीत्रिवेणीले ३२ करोड ९२ लाख चालु तर्फ र २ करोड ५१ लाख पुँजीगत गरि कुल ३५ करोड ४३ लाख बजेट पाउने भएको छ ।