डि आर क्षेत्री , १६ जेष्ठ
एकीकृत दिव्यपुरि विपत व्यवस्थापन समिति , देवचुलि (१-५) द्वारा आज एक कार्यक्रमका विच दुम्काैलि अस्पताल लाई ५ थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकाे छ ।
यश विपतकाे वेलामा काेराेना संक्रमित लाई उपचारमा सहयाेग हुने लक्ष्यका साथ साे कार्यक्रम गरेकाे समितिले जनाएको छ ।
देवचुलि नगरपालिकाका नगर प्रमुख पुर्ण कुमारश्रेष्ठकाे प्रमुख आतिथ्यता रहेकाे कार्यक्रममा उप प्रमुख पार्वता तिवारि , प्रमुख प्रशासकिय अधिकृत गाेविन्द सिग्देल , नगर प्रवक्ता क्या. डिल वहादुर खत्रि , देवचुलि १-५ का वडा अध्यक्ष र स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ , अस्थायि काेभिड अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुकाे राेहवरमा हस्तान्तरण गरिएको छ ।
विपतकाे समयमा विदेशी भुमिमा रहेका आम नेपालिजनहरुकाे सहकार्य र सहयाेग प्रति आफू र नगर वासि आभारि रहेकाे वताउदै युवाहरुकाे कार्यमा नगर सधै सकरात्मक रहेकाे नगर प्रमुख श्रेष्ठले वताउनुभयाे ।
काेराेना नियन्त्रण तथा राेकथामका लागि समितिले हालसम्म चार चरणमा अभियान सञ्चालन गरि सकेकाे छ । टाेल टालमा माईकिङ, सचेतना , काेभिड संक्रमितलाई घरमै पुगेर भेटि हाैसला तथा स्वास्थ्य सामाग्रि वितरण र दुम्काैलि अस्पताल लाई अक्सिजन सिलिन्डर हस्तान्तरण ।
यश अभियान लाई विदेश स्थित विभिन्न क्षेत्रवाट सहयाेग रकम जुटिरहेकाे वताईएकाे छ । विशेष गरि जापान वाट हालकाे देवचुलि -१ स्थायि वसाेवास रहेकाे ज्ञानु भुषाल , साेहि ठाउका हाल अस्ट्रेलिया वाट साजन वाग्ले र साेहि ठाउँका हाल अमेरिका वाट कुमार खाम्चा मगर तथा देवचुलि -४ का हाल काेरिया वाट सराेज भुषालले सहयाेग रकम संकलन गरि समितिलाई पठाएको विपत व्यवस्थापन समितिका अध्यक्ष कृष्ण वाग्लेले वताए ।
एकीकृत दिव्यपुरि विपत व्यवस्थापन समितिमा कुमार खाम्चा मगर र बिनोद भन्डारी अमेरिका, जीवन पाण्डे जापान संयाेजन रहेकाे छ भने समितिमा कृष्ण वाग्ले , प्रदिप काफ्ले , सुमन पाण्डे , सुशील चापागाई, सागर पौडेल , आशिष वाग्ले , मिलन बि.क. , बिक्रम पुरी , हेमन्त गैरे , मन्जित कुवर लगाएतका व्यत्तिहरु रहेकाछन् ।