नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा भारतीय ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर –७, स्थित ब्यारज पुलमा युपी ६० एटी २७७७ नम्बरको भारतिय ट्रकको ठक्करबाट सोही ठाउँ निवासी ३५ वर्षीय दशरथ गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले बताउनुभयो ।
बुधबार दिउँसो नेपाल भारत सिमामा रहेको व्यरेजपुल मर्मतकालागि भारतबाट नेपालतर्फ ढुङ्गा लिएर आउदै गरेको ट्रकले पैदलयात्री गुप्तालाई ठक्कर दिएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।
ट्रकको ठक्करबाट गम्भिर घाइते हुनुभएका गुप्ताको उपचारका क्रममा चितवन स्थित नयाँ मेडिकल कलेज ज्यान गएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।