भिम भुसाल, देवचुली ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको दुम्कौली अस्पतालमा विगत २ महिना अघिदेखी पोस्टमार्टम सेवा पुर्णरुपमा ठप्प भएको छ । अस्पतालमा रहेका कुनै पनि चिकित्सक तथा कर्मचारीले पोस्टमार्टम सम्बन्धी तालिम प्राप्त गर्न नसक्दा उक्त सेवा बन्द रहेको अस्पतालले जनाएको हो ।
दुम्कौली अस्पतालका प्रमुख चित्र बहादुर सुनारका अनुशार फाल्गुन ३० गते भन्दा अगाडी सम्म कार्यालय प्रमुखको रुपमा सरकारी डाक्टर विद्या भुसाल रहदा सम्म पोष्टमार्टम सेवा सञ्चालनमा रहेपनी हाल अस्पतालमा रहेका चिकित्सकहरुसँग तालिम प्राप्त प्रमाणपत्र नभएकोले सेवा रोकिएको बताउनुभयो । सुनारले पावर संदेशको कार्यक्रम पावर संवादमा भन्नुभयो, “हामिसँग नयाँ ४ जना डाक्टरसावहरु हुनुन्छ, उहाँहरुले पोस्टमार्टमको तालिम लिन नसकेको कारणले गर्दा र तालिमको ताकेता भएको, परिक्षा पनि पास गरेर बस्नुभएको छ तर तालिम पाईसक्नुभएको छैन यो कोभिडको कारणले गर्दा त्यसैले तत्कालका लागि पोस्टमार्टम सेवा रोकेका छौँ ।” उहाँले थप्नुभयो “पोस्टमार्टम सेवा कानुनी प्रकृयासँग जोडिएकाले जवाफ दिनको लागि पनि प्रमाण पत्र आवश्यक पर्ने हुन्छ त्यो प्रमाण पत्र हामिसँग छैन । ”
कुनै समय जिल्लामा एक मात्र पोस्टमार्टम गर्ने स्वास्थ्य केन्द्रको रुपमा रहेको दुम्कौली अस्पतालमा हाल आफ्नै नगरपालिका भित्रका मृतकको समेत पोस्टमार्टम गर्न जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ ।
गत १० महिनाको अवधीमा देवचुली नगरपालिका भित्रका ९ जनाको पोष्टमार्टम मध्यविन्दु जिल्ला अस्पतालमा भएको मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल रेकर्डर हेरम्बा आर्चायले जानकारी दिनुभयो ।
https://fb.watch/5IerdSQdDV/