भिम भुसाल, देवचुली ।
पूर्वि नवलपरासीको देवचुली नगरपालिकामा थप ५ जना संक्रमित थपिएका छन् । आज बुधवार देवचुलीको विभिन्न ४ वटा वडामा ५ जना संक्रमित थपिएका हुन् ।
थपिनेहरुमा वडा नम्बर १ का २ जना, वडा नम्बर २, ११ र १३ का एक–एक जना रहेको देवचुली नगरपालिकाका सुचना अधिकारी कृष्णहरी सापकोटाले जानकारी दिनुभयो ।
संक्रमणको दोस्रो लहर फैलिएसँगै देवचुली नगरपालिकामा २२८ जना संक्रमित भैसकेका छन् । ११० जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ र हाल सकृय संक्रमित ११४ जना रहेका छन् ।