गण्डकी प्रदेशअन्तर्गत लमजुङ केन्द्र रहेर आज बिहान भूकम्प गएको छ।
लमजुङको भुलभुले, बाँझाखेत आसपास केन्द्र रहेर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लाका बासिन्दाले महसुश गरेका थिए।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार भूकम्पले घरको गारो भत्किएर एक जना वृद्धा घाइते भएको जानकारी आएको छ।
भुलभुलेकी ८५ वर्षीया वृद्धा घाइते भएकी हुन्।