आमा हुने छोराहरू, छोरीहरुले
आमा को मुख हेर्लान् फर्केलान्
तर बिडम्बना
आमा बिना का हजारौं छोराहरु र छोरीहरु के गर्लान्?
उनिहरु वृद्धाश्रम भए पनि जालान् कि नजालान्??
यदि गए भने त वृद्धाश्रम मा भएका वृद्धा आमाहरुको
अनुहारमा केहि पल भए पनि खुशी भरिएला।
फेरि आमा सम्झिएर घर मै रोएर बसिदिए भने त??
आउने खुशी हराई जाला,
नआउने आँशु बाध्य भई आई जाला,
कति छोरी हरु भविष्य मा आमा हुन मानेनन् भने??
आमा हुने हरु रमाइ जालान्,
आमा नहुनेहरू नरमाइलो मान्लान्,
आमा भई भई वास्ता नगर्ने
महान् छोरा, छोरीहरु आमा को मुख हेर्न
आउलान् कि नआउलान्??
यदि आए भने त ठिकै छ
३६५ दिन सम्म हराएको आमाको खुशी
१ दिन भने पनि पलाई जाला
तर सम्झिएर पनि उनिहरु आईदिएनन् भने त??
आमाले आकाश देखिन थाले पछि बाटो हेर्न थाल्लिन्,
छोरा छोरी आकाश नदेखिने बेला सम्म आएनन् भने?
आमा को मन कति थाल थाक्ला?
यदि यस्तो भयो भने
आमाको मन ले यो दिन कहिल्यै नआवोस् भनेर पुकार गर्ला कि नगर्ला??
आमा भएर पनि कदर नगर्ने ले के पुकार गर्लान्?
आमा नहुने हरुले के पुकार गर्लान्??
आमा को सम्झनामा
मेरी आमा प्रति समर्पित।
#सुजनबस्नेत
#गोरखा