हो अब कोरोना सेना बनाउनु पर्दछ र युवाहरुलाइ भर्ति गर्नुपर्दछ । अब यदि यो कोरोना महामारी बाट बच्ने हो र बचाउने हो भने तिन तहको सरकारले कोरोना सेना बनाउनु पर्दछ । देशमा भएको संघिय, प्रदेश र स्थानिय सरकारले कोरोना सेना बनाएर कोरोना महामारी सँग लड्नु पर्दछ । देशको मेरुदण्डको रुपमा रहेका युवाहरुलाइ सहि सदुपयोग गर्ने र उपयोग गर्ने महत्वपुर्ण समय हो । अबको सरकारको ध्यान यहि सँग हुनुपर्दछ । देशलाइ विभिन्न युद्धहरुमा लड्नका लागि र देश बचाउनका लागि सेनाको आवश्यक पर्दछ ति सेनाहरु कहिले सिमाको रक्षाका लागि लड्छन् त कहिले जनताको सुरक्षाका लागि लड्छन् त्यसरी नै कोरोना सेना अब कोरोना सँग लड्नु पर्दछ ।
हाम्रो जस्तो विकासोन्मुख देश जहाँ अस्पतालहरुको कमि छ , स्वास्थ्य कर्मिहरुको कमि छ यहाँ अबको विकल्प भनेको कोरोना सेना नै हो जसले अब नेपालिहरुलाइ बचाउन् सक्दछ । होइन् भने हाम्रो देशमा रहेका अस्पताल र स्वास्थ्यकर्मिहरुले मात्र थेग्न सक्दैनन् । अबको केहि दिनमा अधिकांस स्वास्थ्यकर्मिहरु कोरोना संक्रमित हुने छन् र उनिहरुले अरु सक्रमितको उपचार गर्न असक्षम रहने छन् । यसको हामिले व्यवस्थापन गर्नका लागि कोरोना सेना बनाउने र अघि वढ्नु पर्दछ ।
क्स्तो हुन्छन् त कोरोना सेना ?
कोरोना सेना भनेको कोरोना सँग लड्नका लागि बनाइने सेना हो , यो सेनाहरुले हातमा हतियार होइन् हौसला , साथ , र औषधि लिएर उभिनेछन् र लड्नेछन् कोरोनाका विरुद्धमा । १८ वर्ष भन्दा माथि र ५५ वर्ष भन्दा मुनिका युवाहरु यो सेनामा भर्ति हुनेछन् । सरकारले यि सेनाहरुलाइ आवश्यक स्वास्थ्य सामाग्रि , खाना , आवास , स्वास्थ्य विमा र घरपरिवारका सदस्यहरुको समेत स्वास्थय विमा गर्दिने छ र गरिदिनु पर्दछ । यि सेनाहरुले नेपालि सेना , नेपाल प्रहरी , अन्य सरकारी कर्मचारीहरु जस्तै गरेर नेपालि जनताको सुरक्षा र सेवा गर्ने छन् । यिनिहरुलाइ विशेष गरेर स्थानिय सरकारले नियुक्ति गर्ने छ र जसकाल लागि संघिय सरकारले बजेट विनियोजन गर्ने छ भने स्थानिय सरकारले आफ्नो कोरोना रोकथामका लागि छुट्याइएको बजेट समेत खर्च गर्नुपर्छ ।
कसरी काम गर्छन् त कोरोना सेना ?
कोरोना सेनाहरु नेपाल सरकार मातहतका विभिन्न स्वास्थ्य सुरक्षाको जिम्बेवारी पाएका संस्थाहरु सँग मिलेर विभिन्न किसीमका स्वास्थ्य सम्बन्धि आवश्यक तालिमहरु छिटो र अत्यावश्य कुरामा लिनेछन् । जसले कोरोना बाट आफु बच्दै अरुलाइ बचाउनका लागि काम गर्नेछन् । यिनिहरु नगरका विविन्न स्थानहरुलाइ आफ्नो क्याम्प बनाएर आफ्नो अप्रेसन् अघ बढाउने छन् । जुन् क्याम्प विभिन्न वडा तथा नगरका स्वास्थ्य केन्द्रहरु र आवश्यक परेको खण्डमा विद्यालयलाइ प्रयोग गरेर क्याम्प बनाउनेछन् । जहाँ कोरोना लागेका व्यक्तिहरुलाइ राखिने छ र उनिहरुको उपचार गरिने छ । कोरोना सेनाले आफ्नो क्याम्पमा रहेका संक्रमितहरुका लागि खाना पकाउने , उनिहरुको अवस्थाको बारेमा जानकारी लिने , उनिहरुलाइ हौसला प्रदान गर्ने लगाएतका कामहरु गर्नेछन् । सामान्य अवस्थाका कोरोना संक्रमितहरुलाइ क्याम्पमा राखिने छ र जटिल किसीमका संक्रमितहरुलाइ स्वास्थ्य केन्द्रमा राखि उपचार गरिने छ ।
कस्ता व्यक्तिहरु कोरोना सेनामा हुनेछन् ?
१८ देखि ५५ वर्ष उमेर समुहका हरेक इच्छुक नेपालिहरु यस सेनामा हुनेछन् उनिहरुलाइ आवश्य पारिश्रमिक राज्यले दिने गरेर राख्ने छ । कुनै पनि किसीमका दिर्घ रोग नभएका युवाहरुलाइ यस कोरोना सेनामा भर्ति गर्ने छ । जुनसुकै क्षेत्रमा दक्षता हासिल गरेको ,पढ्दै गरेको, विभिन्न रोजगारीमा संलग्न भएको अथवा जुनसुकै क्षेत्रमा काम गर्दे आएको युवाहरुलाइ यस कोरोना सेनामा भर्ति गर्ने छ ।
कोरोना सेनाको आवश्यकता किन ?
अब छिट्टै वर्तमान स्वास्थ्य संयन्त्रले मात्र कोरोना रोकथाम गर्न सक्ने छ्रैन जसको फलस्वरुप देशमा भयावह अवस्था आउने छ । तसपश्चात नेपालमा कोरोना रोकथामका गर्नका लागि सरकार असमर्थ रहने छ र मानिसहरु उपचार र हौसलाका कमिका कारण मृत्यु शैयामा पुग्ने छन् । यसको रोकथामका लागि कोरोना सेनाले महत्वपुर्ण भुमिका खेल्ने छ र देशलाइ ठुनो नोक्सान बाट बचाउने छ ।
किन भर्ति हुने कोरोना सेनामा ?
कोरोना सेना भनेको देशलाइ सेवा गर्ने महत्वपुर्ण सेना हो जसरी नेपालि सेनाले देशको सुरक्षा गरिरहेका छन् त्यसरी नै हामिले नागरिकको स्वास्थ्य सुरक्षा गर्ने छ । मानविय सेवाका लागि यो सेनामा भर्ति हुनु ज्यादै पुण्यको काम हुने छ । अबको केहि समयमा सबै घरमा कोरोनाका संक्रमितहरु हुनेछन् । यस्तो भयावह स्थितिमा हामिहरुलाइ बचाउनका लागि यो सेनामा भर्ति हुनु एउटा कोसेढुङ्गा सावित हुनेछ । राज्यले यस सेनालाइ आवश्यक किसिमको संरक्षण गर्ने छ । एक न एक दिन हाम्रो घरसम्म कोरोनाले ढकढकाउदै आउने छ र हाम्रो परिवारका सदस्यहरुलाइ लिएर जाने छ त्यो ज्यादै दुखद दिन आउन नदिनका लागि सबै युवाहरु लाग्न र जाग्न जरुरी छ । सबैभन्दा ठुलो धर्म मानव धर्म यो यसलाइ पालना गर्नु हरेका मानवको पहिलो धर्म हो । हाम्रो परिवारमा कोरोना महामारी आउदा हामिलाइ सहयोग गर्ने सेना बनाउनु र यसका भर्ति भएर यसको रोकथामका लागि लाग्नु बुद्धिमता हुने छ होइन् भने हामि उपचार र हौसला नपाएर हाम्रो परिवार र स्वंयमको अस्थित्व समाप्त पार्ने छौँ ।
हातमा माक्स हुनेहरु माक्स लगाएर आऊ ,
हातमा गाडि हुने हरु गाडि चढेर आऊ ,
यो देश बचाउन सेना बनेर आऊ
खाना पकाउन जान्ने हरु भाँडा लिएर आऊ ,
सेवा गर्न चाहनेहरु भावना लिएर आऊ ,
यो देश बचाउन सेना बनेर आऊ ,
मनमा हौसला हुनेहरु हौसला लिएर आऊ ,
हातमा साबुन हुनेहरु साबुन लिएर आऊ ,
यो देश बचाउन सेना बनेर आऊ ,
मानविय दुरी घटाउदै भौतिक दुरी बढाऔँ ,
यो देश बचाउन सेना बनेर आऊ ,
माथि उल्लेख भएका कुराहरु कोरोना सेना निर्माणका लागि गरिएको एउटा महत्वपुर्ण आवश्यकता माथि प्रकाश परिएको मात्र हो , यसलाइ हामि व्यवस्थित गराउन सक्दछौँ । यसरी हामि अब कोरोना सेना बनाएर अघि बढेको खण्डमा अत्यावश्यक किसिमका स्वास्थ्य तालिम लिएको युवाहरु कोरोना सँग लड्नका लागि तयार हुनेछन् । जसले कोरोना रोकथामका लागि उल्लेखनिय भुमिका निर्वाह गर्ने छ । यदि बेलैमा यस किसीमको संयन्त्र तयार पारेर अघि बढेको खण्डमा हामि सबैको कल्याण हुने छ । यस कोरोना सेना राज्यले निर्माण गरेर अघि बढेको खण्डमा म राज्य सेवाका लागि र मानव जिवन रक्षाका लागि सधै लागिरहने छु । यस्तै नेपालका हरेक युवाहरु यस सेनामा भर्ति भएर देशलाइ यस महामारि बाट बचाउने छन् । सरकारलाइ गालि मात्र गर्ने होइन् सरकारलाइ सहयोग गर्नका लागि समेत युवाहरु लाग्नुपर्दछ । आफ्नो क्षेत्रबाट यस कोरोना महामारी सँग लड्नका लागि सहयोग गरौँ । कोरोना बाट आफु बचौँ र अरुलाइ पनि बचाऔँ । कोरोना सम्बन्धि स्वास्थ्य मापदण्ड पुरा गर्दै अघि बढौँ ।