भिम भुसाल, देवचुली ।
कोरोना भाईरसको दोस्रो संक्रमण फैलिएसँगै नवलपुरको देवचुली नगरपालिकामा ९७ जनामा संक्रमण देखिएको छ । तिब्र रुपमा फैलिएको संक्रमण बाट आज शुक्रवार विहान सम्म संक्रमितको संख्या ९७ पुगेको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
पछिल्लो २३ दिनको अवधिमा देवचुलीमा २५ जनाले कोरोना जित्न सफल भएका छन भने २ जनाको मृत्यु भएको छ । हाल देवचुलीमा सक्रिय संक्रमित ७० जना रहेका छन् । जसमध्ये ५५ जना होम आईसोलेसनमा छन् भने १५ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
देवचुली नगरपालिकाले ५ बेड सहितको दुम्कौली अस्पतालमा र ३१ बेडको आईसोलेसन जनज्योती नमुना मा. वि. मा तयार गरेको देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गोविन्द सिग्देलले जानकारी दिनुभयो ।