कहिले काँही,
आमाले गर्भ लिएर गाह्रो गरी घाँस दाउरा गरेको देख्दा,
नजन्मिदै किन बाहिर आउन मन लाग्छ??
मेरो लालन पालनको लागि बुबा बिदेशी भएको देख्दा,
एकैछिन भए पनि किन वयस्क हुन मन लाग्छ??
छोराछोरी ले कहिले कहिँ पढाई सम्बन्धि प्रस्न सोध्दा,
‘अशिक्षित’ मलाई किन शिक्षक बन्न मन लाग्छ??
बाहिर हेर्छु दिन प्रति दिन बाझो देख्छु खेत बारी,
सोच्छु फेरि किन किसान बन्न मन लाग्छ??
आमा हस्पिटलको आईसियुमा छट्पटिरहेको देख्दा,
कहिले काँही किन डाक्टर बन्न मन लाग्छ??
तर जहाँ त्यही राज्नैतिक पावर को कुरा चल्दा
किन मलाई डाका बन्न मन लागेन??
तर मलाई किन जहाँ त्यही बलत्कार भएको देख्दा
बलत्कारी बन्न मन लागेन?
मेरो गाउँ देखि उसको सहर सम्म भष्ट्रचार भएको देख्दा
किन मलाई नेता बन्न मन लागेन??
चेलिबेटी , इज्जत प्रतिष्ठा, इमान बेचेर पैसा कमाएको देख्दा,
किन मलाई धनी बन्न मन लागेन??
मलाई यहाँ बेलै नभई, नजन्मिदै जन्मन मन लाग्यो,
पक्षताप जन्म लिएर यि सब कुरा देख्दा लाग्यो।
प्रेमिका ले धोका दिएको बेला उसलाई लास बन्न मन लागेछ,
मलाई पागल होइन माया बन्न मन लाग्यो।
आमा को मन जलेको देख्दा,
पानी बन्न मन लाग्यो।
बुबा को मन कामेको देख्दा,
आगो बन्न मन लाग्यो।
तर मलाई कहिल्यै म बन्न मन लागेन,
मलाई तिमी बन्न मन लागेन,
मलाई आत्म बन्न मन लाग्यो
म आत्मा बनिदिए।
#सुजनबस्नेत
#नजन्मिएको मान्छे “