भिम भुसाल, नवलपुर ।
पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । धादिङ गजुरी–७ कि ८३ वर्षिय महिलाको कोरोना संक्रमणको कारण जिल्ला अस्पतालमा निधन भएको हो ।
कुनै पनि दिर्घ रोग नभएको, विगत ५–७ दिन अघि देखि सास फेर्न गाह्रो भएपछी चितवन मेडिकल कलेजमा हिजो आईतबार कारोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । मेडिकल कलेजमा आईस्युको अभाव हुँदा संक्रमित महिलालाई मध्यविन्दु जिल्ला अस्पताल नवलपुर ल्याईएको थियो ।
थप उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याउदा संक्रमित महिलाको मृत्यु भएको जिल्ला अस्पतालका कोरोना फोकल पर्सन डाक्टर शिवराज न्यौपानेले बताउनुभयो ।