भिम भुसाल, नवलपुर ।
पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा पहिलोपटक शल्यक्रिया सेवा सुरु भएको छ । बुधबार ६४ वर्षिय पुरुषको हर्नियाको निशुल्क शल्यक्रिया गरि सेवा सुरु गरिएको हो ।
विगत ३ वर्ष अघिदेखिको हर्नियाको समस्या अण्डकोषसम्म पुगेपछी वृद्ध पुरुषको सफल शल्यक्रिया गरि सेवा सुरु गरिएको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरका चिकित्सक डाक्टर शिवराज न्यौपानेले बताउनुभयो ।
सर्जन डाक्टर विरबहादुर थापा, डाक्टर शिवराज न्यौपाने र डाक्टर कमलराज न्यौपानेको टिमले सफल शल्यक्रिया गर्न सफल भएको डाक्टर न्यौपानेले बताउनुभयो ।
पहिलेदेखि नै जिल्ला अस्पतालमा शल्यक्रिया सेवाको सोच बनाएपनी एमडिजिपी डाक्टर कमलराज न्यौपाने, सर्जन डाक्टर विरवहादुर थापा जिल्ला अस्पतालमा आएपछी शल्यकृया सेवा शुभारम्भ गर्न सहज भएको डाक्टर शिवराज न्यौपानेले बताउनुभयो । डा. न्यौपानेका अनुसार अब हर्नियाको मात्र नभई एपेन्डिसाइटिस, सुत्केरी शल्यक्रिया लगाएतका शल्यक्रिया गरिने छ ।
सामान्य शल्यक्रियाको लागि विरामी भरतपुर, काठमाण्डौं लगाएतका ठाउमा जानुपर्ने र धेरै शुल्क बुझाउनुपर्ने हँुदा जिल्लाको सरकारी अस्पतालमा नै न्युनतम शुल्कमा शल्यक्रिया गर्न शुरु गरिएको हो । साथै जिल्ला अस्पतलमा आजबाट इमरजेन्सी शल्यकृया सेवा समेत शुरु गरिएको छ ।
जिल्लामै शल्यक्रिया सेवा सुरु भएपछि अन्य जिल्ला जानुपर्ने र हजारौँ रुपैयाँ खर्चिनुपर्ने झन्झटबाट पनि मुक्त भएकामा जिल्लावासी हर्षित बनेका छन् ।https://youtu.be/t4qJRkHCFAQ