यो शब्द सुन्ने वित्तिकै सबैभन्दा पहिले जसको याद आउछ, हामि उसको धेरै नजिक हुन्छौँ । आजभोलि दोस्त शब्द व्यापक प्रचलनमा आइरहेको छ, साना उमेरका बालबालिका देखि बुढेसकालमा चस्मा को धुलो समेत अरुलाइ पुस्न लगाउने उमेरका सबैका लागि यो शब्द निकै प्यारो छ । दोस्ति शब्दको अर्थ मित्रता भन्ने हुन्छ र यसलाइ हामि आगन्तुक शब्दका रुपमा बुझ्ने गर्दछौँ । प्रेमले भरिएको यो शब्दको उच्चारण गर्दा एक किसिमको नजिक रहेको मान्छेको अनुभुति हुन्छ । दोस्तको अर्थ मित्र र दोस्तिको अर्थ मित्रता हुन्छ । जिन्दगिमा सबैभन्दा प्रिय चिज केहि छ भने त्यो दोस्ति नै हो किनकी हाम्रो हाँसोमा सँगै हास्ने मात्र होइन् आँशुमा नरोन् यार म छु भन्ने दोस्तले नै हो ।
जिन्दगिको फरक फरक समयमा फरक फरक मान्छेहरुलाइ हामि दोस्त बनाउछौँ र जिवनभरका लागि त्यो दोस्तिको याद आइरहन्छ । हाम्रो जस्तो विकासोन्मुख र ग्रामिण परिवेश धेरै रहेको देशमा जब हाम्रो खुट्टा लाग्छ हामि तातेताते गर्दे त्यहि साथिको मा जाने गर्दछौँ र माटोमा लडिबुडि गर्दछौँ, जबजब स्कुल जाने उमेर हुन्छ हामी अंगालो मार्दे स्कुल जान्छौँ, स्कुल पढ्दा पेन्सिल हराउछ हामि ढ्वा ढ्वा रुन्छौँ त्यहि बेला हो नरोउ मेरो पेन्सिल दिन्छु नि तिमिलाइ भन्दै फकाउने साथि नै हुन्छ, घर बाट मिठो खाने कुरा स्कुल पुगे पछि खाने भन्दै लग्छौँ थोरै खाम भन्दा भन्दै बाटोमा नै सकाउछौँ, एक जनालइ पिसाब लाग्छ त्यसपछि ४÷५ जनालाइ एकैपटक पिसाब लाग्छ, आफ्नो भन्दा साथिको कम नम्बर आउछ तब खुशि लाग्छ, सरले आफ्नो साथिलाइ गालि गर्दा रिस उठ्छ, दशैँ तिहार लगाएतका विभिन्न धर्मका विभिन्न ठुला पर्वहरु प्छि दक्षिण स्वरुप पाएका पैसाको गन्ति सुनाउदाको पल कहिल्यै विर्सिदैनौँ, स्कुलबाट लगिने पिकनिक अनि टुरका कुरा जुन कुरा गरेर कहिल्यै थाकिदैन सधै नयाँ जस्तै लागिरहन्छ यसरी हामि हाम्रो स्कुल सकाउछौँ । जिवनको अनेका आयामहरुमा सबैभन्दा वढि याद आउने भनेको नै त्यही स्कुल पढ्दाको साथिहरुको नै रहेछ ।
यस बाहेकका पनि हामिहरु धेरै साथिहरु बनाउछौँ कहिले मामा घर जाँदा त कहिले विभिन्न पारिवारिक, धार्मिक तथा अन्य समारोहहरुमा । आजभोलि सबैभन्दा वढि हामि सामाजिक सञ्जालहरु फेसबुक , इस्टाग्राम लगाएतका थुप्रै भ्रचुअल माध्यमबाट साथिहरु बनाउछौँ । विविन्न उच्च शिक्षा तहहरुमा त्यहि किसिमका साथिहरु बनाउदै जान्छौँ । जसरी सानो उमेरमा हामि साथि बनाउथ्यौ त्यसरी नै हामि साथिहरु बनाउदै जान्छाँै । कोहि साथिहरु सँग छुट्टिदै र नयाँ साथिहरु बनाउदै अघि बढ्दछौँ जो सँग हाम्रो मन् मिल्छ त्यो हामिसँग सधैभरी रहिरहन्छ, जो सँग मन मिल्दैन् बिस्तारै छुट्टिन् थाल्दछौँ । उमेर बढेसँगै हाम्रा जिम्बेवारीहरु बढ्दै जान्छन् त्यहि जिम्बेवारी सँग हामिहरुलाइ अघि बढाउनका लागि साथिहरु खाँचो पर्दछ ।
यसरी विभिन्न तरिकाबाट हामिहरु साथिहरु थप्दै, अनि घटाउदै अघि बढ्दै जाने गर्दछौँ , उमेर बढेसँगै हाम्रो शारिरिक र मानसिक परिवर्तनहरु पनि परिवर्तन हुदै जान्छन् जसले विपरित लिङ्गप्रति आर्कर्षित हुने गर्दछौँ । हामि त्यसपछि फरक लिङ्गका साथिहरु बनाउछछौँ यसले जिवनको नयाँ अनुभुति दिलाउनका साथै केहि नयाँ गर्न, केहि नयाँ बन्नका लागि प्रेरित गरिरहन्छ । हाम्रो समाजमा अझै पनि यसलाइ सकारात्मक दृष्टिकोणबाट हेरिदैन् जुन कुरा हामि शिक्षित युवाहरुले नयाँ तरिकाबाट सोच्न पनि जरुरी छ र यसलाइ सामान्य बनाउन जरुरी छ । साथिको सँगत् बाट हामि धेरै कुराहरु सिकिरहन्छौँ, भन्ने गरिन्छ असल साथि, खराब साथि असल साथिले असल बनाउछ अनि खराब साथिले खराब त्यसैले सँगत सधै असल साथिको गर्नुपर्दछ । यो कुरामा पनि केहि सोच्न जरुरी छ हामि सधै सकरात्मक् हुन् जरुरी छ । उखुघारीको विचमा लगेर करेला रोप्यौ भने उखु गुलियो नै हुन्छ अनि करेला तितो त्यसैले आफु कस्तो हुने भन्ने कुरा आफ्नो सोचमा निर्भर रहन्छ । सधै सकरात्मक सोच राख्दै अघि बढ्नु पर्दछ । आजभोलि हामिहरु सामाजिक सञ्जालको अति प्रयोगले अझै धेरै असामाजिक त भइरहेका छौनौ भन्ने कुरा सोच्ने बेला आएको छ । हामि सामाजिक सञ्जालको नाममा हाम्रा मोवाइलका भित्ताहरुमा आउने असामाजिक र फेक न्यूजको शिकार समेत भइरहेका छौँ यसलाइ हामिले सहि सदुपयोग गर्दै अघि बढ्न र यसलाइ सहि तरिकाले प्रयोग गर्न अब युवापुस्ता लाग्न जरुरी छ ।
दोस्ति बाट धेरै कुराहरु प्राप्त हुन्छ जिवनमा यदि दोस्त नै छैन् भने जिवन् कहाँ जिवन जस्तो हुन्छ र हाम्रो खुशिहरु खुशि नै कहाँ रहन्छन् र जब देखाउन् अनि सुनाउनका लागि हाम्रो दोस्त नै हुदैनन् भने । त्यसैले साथि बनाऔँ , जब हामि कहिलेकाँहि ज्यादै दुखमा हुन्छौँ हाम्रो परिवारलाइ सुनाउन् नसकेका थुप्रै यस्ता कथा अनि व्यथाहरु हुन्छन् जुन हाम््रा मित्रहरुलाइ सुनाएपछि हामिलाइ फेरी सकरात्मक् उर्जा मिल्दछ , जिवनमा केहि गर्नका लागि नयाँ प्रेरणा मिल्दछ । सकेसम्म साथिहरुको साथ कहिल्यै नछोडौ किनकि जब साथ टुट्दै जान्छ हामि एक्लो हुन् थाल्दछाँै, जिवनको हरेका यात्राहरु सजिलो त्यति बेला हुन्छ जब हामिसँग जिवनको उकालि अनि ओरालिमा सँगै यात्रा गर्नका लागि लट्ठी बनेर हामि सँगै हुन्छौँ । उमेर पुगेपछि हामि जिवन साथि बनाउदछौँ र एउटा नयाँ साथि जन्माउदछौँ जसले फेरी साथिको शिलशिलालाइ सधै कायम राखि रहन्छ र प्रकृतिको नियम सँगै अघि बढ्दछौँ ।
आज सम्म भेट भएका ति तमाम् साथिहरुको मिठो सम्झना कसैले जिवनमा सधै साथ दिइरहेका छन् त कसैले केहि नयाँ अनुभुति र नयाँ कुराहरु सिकाएर गएका छन् । जिवनको पहिलो र अन्तिम् साथि आफुलाइ सधै माया गरौँ र आफ्नो पहिलो साथि सिकाउने परिवार सँग सधै खुशि सँग बाँचौँ । जिवनको हरेक उतारचढाव र उमेरका साथिहरु सँग सधै सम्झन् लाएक पल बिताऔँ । हाम्रा सबैभन्दा नजिकका सम्पुर्ण साथिहरुलाइ सम्झिउ ,जिवनको हरेक पलमा साथिको आवश्यक पर्दछ र दुख अनि सुखमा रुन अनि हास्नका लागि तपाइ सँग साथिहरु छन् भने तपाइ साच्चिकै भाग्यमानि हुनुहुन्छ, मृत्युको अन्तिम् घडिमा पनि भन्न पाइयोस् न वा दोस्त अनि हाम्रो दोस्ति …..