नवलपुर ।
नवलपुरमा बोलेरोले मोटर साईकललाई ठक्कर दिदा मोटरसाईकल चालक गम्भिर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगतको देवचुली नगरपालिका वडा नं. १४ छत्तिसघरमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको लु १ च ९९२३ नम्बरको बोलेरोले विपरित दिशाबाट आउँदै गरेको लु ५० प २३९७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएकको हो । दुर्घटनामा देवचुली नगरपालिका १३ निवासी ३८ बर्षिय केशव मरासिनी गम्भिर घाईते भएको प्रहरीले जानकारी दिएको छ । घाईते मरासिनीको खुट्टा, मुख र टाउकोमा चोट लागेको छ । घाईतेलाई तत्काल देवचुली अस्पताल लगिएको र थप उपचारको लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै ठक्कर दिने बोलेरो, बोलेरोे चालक र मोटर साईकल अस्थायी प्रहरी पोष्ट दलदलेको नियन्त्रणमा रहेको छ ।