नवलपुर । नवलपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको निधन भएको छ ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ हमाल चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख २३५४ नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको लु २२ प ५७६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको निधन भएको हो ।
दुर्घटनको देवचुली नगरपालिका–१४ बस्ने बर्ष ३५ को तिलक कुमार डिसुवाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा गएराति निधन भएको इलाका प्रहरी कार्यालय रहजरका प्रहरी निरीक्षक नविनकुमार थापाले बताए ।
ठक्कर दिने टिप्पर, टिप्पर चालक र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको छ ।