हलो को फालीको माया
आज म तिम्रो र मेरो सम्बन्ध लाई
त्यो हलो र फाली को सम्बन्ध सँग तुलना गर्दै छु।
फेरि तिमी त बाहुन कि छोरी धेरै सोच्छौं
यो नसोच्नु नि
हाम्रो सम्बन्ध लाई हलो र फालि सँग तुलना गर्यो भनेर,
थाहै छ तिमी लाई तुलना गर्नु को कारण पनि।
तिमी ठुलि हलो जस्तै
म सानो फाली जस्तै
अनि
हाम्रा भोलि जन्मिने बचेराहरु त्यो कलिला करुवा जस्तै।
आकारले त ठुलो हलो नै हो
त्यो आँखा नहुने अन्धो ले पनि बताइदिन्छ
महत्व पनि हलो को नै हुन्छ
जब हलो भएन भने त्यो फाली राख्ने कहाँ???
भन त मलाई??
तर्क गर्न त खुब सिपालु छौं नि तिमी
वकिल पढेकि छौ
मलाई वकालत गरेर हैरान पार्ने तिमी
किन चुप आज बोल्ने त तिम्रो पेसा नै हो नि होइन र??
भोग्न त तिमी ले धेरै कुरा भोगेकी छौ,
जान्न त तिमी ले धेरै कुरा जानेकी छौं,
पढ्न त तिमी ले धेरै कुरा पढेकी छौं,
सुन्न त तिमी ले धेरै कुरा सुनेकी छौ,
देख्न त तिमी ले धेरै कुरा देखेकी छौं,
तर तिमी यति हुँदा हुदै पनि
अभोगी छौ,
अज्ञानी छौं,
अनपढ छौं,
कानो छौं,
अन्धो छौं।
रिस उठ्यो होला है
मेरो यो सानो कुरा ले??
तिमी घमन्ड को गोलो हौ
म त्यहा पर बाट ढुंगा हान्ने बच्चा।
देखेकी छौं नि जसरी बारुला ले त्यो गोलो बाट
निस्किएर त्यो ढुंगा हान्ने लाई कहाँ सम्म लखेट्छ??
हो त्यसैगरी तिमी मा भएको घमन्ड ले
पनि तिमी लाई धेरै पर सम्म लखेट्ने छ।
हलो ले जति नै घमन्ड गरे पनि
खै आज सम्म त्यो फालिले घमन्ड गरेको थाहाँ पएनन् रे हलिले।
घमन्ड गर्दागर्दै हलो खिइँदै गयो
फालि कहिल्यै खिइएन किन???
त्यो चट्टान सँग जुध्ने काम त फाली को थियो नि होइन??
घमन्ड त फालीले गर्नुपर्ने थियो
तर हलो जो खिइँदै गयो उसले गर्या छ,
त्यसैले त्यसको आयु एकदमै कम हुदै गयो।
यदि तिमी मात्र भएर जिवन सार्थक बन्छ भने
म फाली हटिदिउला
हुन त आउला त्यो पनि फाली नै हो
हुने यहिँ नै हो
जब सम्म हलो ले घमन्ड गर्छ
तब सम्म तिमी एक्लीए जस्तै गरी
भएका हलो सबै एक एक वर्ष मा एक्लिनु पर्छ
फालीहरु फेरिनु पर्छ
अनि सम्बन्ध
एकता भएर पनि फेरिएका नेताको जस्तै हुनुपर्छ।
फालि जहाँ गए पनि ठिक हुन्छ।
करुवा जहाँ गए पनि ठिक हुन्छ।
एक्लो यहाँ हलो हुन्छ।
एक्लै यहाँ उ हुन्छ
जसको छाँया हुदैन।
#सुजनबस्नेत