भिम भुसाल, नवलपुर ।
गण्डकी प्रदेश प्रमुख अमिक शेरचन जन आन्दोलन दिवसको सम्झनामा नवलपुर आएका छन् । नवलपुरको देवचुली नगरपालिका १० मा रहेको नव नेपाल आधारभुत विद्यालयको १५ औं वार्षिक उत्सवको अवशर पारेर जन आन्दोलन दिवसको सम्झनामा प्रदेश प्रमुख शेरचन धर्म पत्नि सहित नवलपुर आएका हुन् ।
तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भएको सात दलको आन्दोलनमा एक प्रमुख नेताको रुपमा रहेका अमिक शेरचनले पुर्वराजा ज्ञानेन्द्रलाई सत्ताबाट हटाउन १२ बुंदे माग सहित आन्दोदनमा होमिएको सम्झना गरेका छन् । जनतालाई निरङकुशतामा लाद्ने काम गरेका पुर्वराजा ज्ञानेन्द्र बन्दुकको डरले मात्रै सत्ता छोडेको बताएका छन् ।
१२ बुंदे माग अघि सारेको २२ औं दिनमा पुर्वराजा ज्ञानेन्द्रले सत्ता जनतालाई सुम्पिएकाले अहिले स्थानिय, प्रदेश र केन्द्रिय सरकार बन्न सफल भएको र जनताले नै चुनेर जनता कै सन्तान राष्ट्रपति, प्रधानमन्त्रि बन्न सकेको बताएका छन् ।
सहिदले देखेका सपनालाई साकार बनाउन अझैं नसकिएको भन्दै गणतन्त्र आएको पुर्ण अनुभुति गर्न नसकेको समेत शेरचनले बताएका हुन् ।
उपप्रधानमन्त्री भइसकेका बरिष्ठ कम्युनिस्ट नेता अमिक शेरचनका अनेक परिचय छन् ।
नेकपा चौम हुँदै कम्युनिस्ट आन्दोलनको नेतृत्वमा आएका शेरचन ०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित भएका थिए । त्यतिबेला प्रचण्ड नेतृत्वको माओवादी पार्टी एउटै थियो ।
नौ सिट जितेर संसदको तेस्रो पार्टी बनेको जनमोर्चा ०५१ मा नेकपा माओवादी फुटेपछि कमजोर बन्यो । शेरचन त्यसपछि संयुक्त जनमोर्चाको लामो समय अध्यक्ष भए । ०५१ सालमा उनी पराजित भए । ०५६ सालमा रामेछापमा तत्कालीन एमालेको सहयोगमा उम्मेदवार बन्दा पनि उनी जित्न सकेनन् ।
पुर्वराजा ज्ञानेन्द्रलाई सत्ताबाट हटाउने आन्दोलनबाट शेरचन राष्ट्रिय नेताका रुपमा उदाए । उनी जनआन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बने ।
त्यसबेला तत्कालीन एमालेबाट केपी ओली उपप्रधानमन्त्री थिए । ओली र शेरचनमध्ये को बरिष्ठ उपप्रधानमन्त्री बन्ने भनेर लामै समय विवाद पनि भयो । अन्ततः ओली नै पहिलो बरियतामा रहे । शेरचन ०६४ को संविधानसभामा चितवनबाट निर्वाचित भए ।
पहिलो राष्ट्रपति निर्वाचनमा तत्कालीन एकता केन्द्रले माओवादी समर्थित रामराजाप्रसाद सिंहलाई समर्थन गरेको थियो । तर, सोही पार्टीका नेता शेरचनले भने पार्टी निर्णय अवज्ञा गर्दै रामवरण यादवलाई मत दिएका थिए ।