नवलपुर । नवलपुरको कावासोती-१७ मा गए राती सवारी दुर्घटना भएकाे छ । दुर्घटनामा एक जनाकाे मृत्य भएकाे छ भने एकजना गम्भीर घाईते भएका छन् ।
कावासोती-१७ को भित्री सडकमा कोल्हुवा बाट गोछडा तर्फ आउदै गरेको ना ५ ख ५८५२ नंको बसमा सोही दिशा तर्फबाट आउदै गरेेेको लु ३८ प ६७९८ नं. को मोटरसाइकल ठक्कर खाँदा मोटरसाईकलमा सवार कावासोती-१७ का २१ वर्षीय देवेन्द्र महतोको ज्यान गएको हाे भने मोटरसाइकलमा सवार सोही स्थानका तेजनारायण महतो गम्भीर घाईते भएका हुन् ।
दुर्घटनामा गम्भीर घाईते दुवै जनालाई उद्धार गरि उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा ल्याईएकोमा देवेन्द्र महतोलाई राती नै चिकित्सकले मृत घोषणा गरेका र दुर्घटनामा गम्भीर घाइते अर्का युवक तेज नारायण महतोलाई थप उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिनुभयाे ।