भिम भुसाल, देवचुली ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सम्बन्धी देवचुलीमा चार दिने अभिमुखिकरण कार्यक्रम शुरुवात भएको छ । देवचुली ७ का वडा अध्यक्ष भुपराज पाठकको अध्यक्षता तथा देवचुली नगरपालिकाका मेयर पुर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आजको अभिमुखिकरण सम्पन्न भएको छ भने अन्य तिन दिन सम्म विभिन्न वडामा अभिमुखिकरण कार्यक्रम सञ्चालनमा रहने छ ।
साविक देवचुली गाउ विकास समिति वडा नम्बर ६ देखि ९ सम्मको कार्यक्रम देवचुली वडा नम्बर ७ मा सम्पन्न भएको छ । चैत्र १२ गते साविक प्रगतिनगर गाऊ विकास समितिको वडा नम्बर १० देखि १५ सम्मको सामाजिक सुरक्षा तथा ब्यक्तिगत घटना दर्ता प्रणाली सुद्धढीकरण आयोजना तथा गुनासो सुनुवाई सम्बन्धी कार्यक्रम साहारा पार्टी प्यालेस दलदलेमा सञ्चालन हुने भएको छ ।
त्यस्तै साविक दिव्यपुरी गाऊ विकास समितिको वडा नम्बर १ देखि ५ सम्मको अभिमुखिकरण चैत्र १३ गते साहारा पार्टी प्यालेस दलदलेमा सञ्चालन हुने भएको छ भने साविक रजहर गाउ विकास समिति वडा नम्बर १६ र १७ को अभिमुखिकरण चैत्र १४ गते वडा नम्बर १६ को वडा कार्यालयमा हुने भएको छ । कार्यक्रम हरेक दिन ११ बजेबाट सञ्चालन हुने देवचुली नगरपालिकाले जनाएको छ ।