हामिले सानै देखि पढ्दै र सुन्दै आएका छौ कि आफ्नो खुट्टामा आफै उभिनु पर्दछ । यसको मतलब आफु आर्थिक, शारिरिक तथा मानसिक हिसाबले सबल हुनु भन्ने हो । अपाङ्ग भन्ने वित्तिकै हामि केहि गर्न नसक्ने दुर्वल भन्ने ठान्दछौँ यो त सरासर गलत र अन्याय पुर्ण हो । अपाङ्गहरुलाई हामि सधै दयाको भावनाले मात्र हेर्दछौ अब हामि शिक्षित वर्गले यसलाइ दया , माया होइन सम्मान र समान रुपमा हेर्नु पर्दछ ।
अपाङ्ग हुनु भनेको पुःन जन्मको कर्मको फलका रुपमा पनि हेर्ने गरिन्छ जुन् कसैले प्रमाणित गर्न सक्दैन् । अपाङ्ग हुनुमा कसैको केहि दोष हुदैन् यो केबल एउटा समयको खेल न हो आज हामि सपाङ्ग छौ तर भोलिको दिनमा कसलाइ के पर्दछ कसलै केहि भन्न सक्दैन् । कोहि जन्मजात नै अपाङ्ग भएर जन्मिन्छन् त कोहि भिविन्न किसिमका दुर्घटनामा परि अपाङ्ग हुन्छन् । अवसर पाएको खण्डमा अपाङ्गले पनि सपाङ्गले भन्दा धेरै राम्रो काम गर्न सक्दछन् ।
हाम्रो सामाजिक मानसिकता नै बाहिरी आवरण छातिको उचाइ , कम्मरको चौडाइ , बलिष्ट पाखुरा , मिलेको कद अनि छालाको रङ हेरेर मानिसको प्रतिभा र उसको वर्णन गर्ने गर्दछौँ । म त भन्छु यदि साच्चिकै मिस नेपाल बनाउने हो भने झमक कुमारी घिमिरेलाइ बनाउनु पर्दछ अनि हेण्डसम् नेपाल बनाउने हो भने रमेश प्रसाईलाइ बनाउनु पर्दछ । अरुणिमा सिन्हा जस्ता शाहसि महिलाहरु प्नि छन् जो सपाङ्ग ले गर्न नसकेको सगरमाथा समेत सफल आरोहण गरेका छन् । अहिले कम्फटेबल शब्द ज्यादै पपुलर छ हो यदि अपाङ्गहरुलाइ कम्फटेबल बनाइदियो सरकारले भने साच्चिकै अबको केहि समयमा नै हामि चमत्कार देख्न सक्दछौ , यो आत्मविश्वस हामिले विभिन्न उदाहरण बाट प्राप्त गर्न सक्दछौ । जुन उदाहरणहरुले सपाङ्गहरुमा पनि सकरात्म् उर्जा भर्नका लागि पर्याप्त हुन्छ ।
विभिन्न देशको देखासिखि गरेर हाम्रो जस्तो संस्कृतिले भरिपुर्ण देशमा समेत बाहिरी आवरण हेरेर उसको जज गरिन्छ यो ज्यादै दुखद् कुरा हो । विदेशिहरुले आफ्नो व्यापार वढाउनका लागि विभिन्न कस्मेटिक् सामान र रक्सिका बोत्तलहरु विकाउनका जसरी फोटो बेचिरहेका छन् यसले कदापि सकारत्मक दिशातिर लैजादैन् । यति भनिरहंदा मिस् नेपाल र हेण्सम् नेपाल तथा विश्व सुन्दरी तथा विश्व सुन्दरहरुलाइ नराम्रो लाग्ला मेरो मतलब उनिहरुमा क्षमता नभएको भन्ने पनि होइन् । हामि सबैले अष्टबक्रको कथा सुनेका छौँ जसबाट हामिले ज्ञान लिन जरुरी छ ।
राज्यले विभिन्न बहाना बनाएर अपाङ्गहरुलाइ बैशाखि मात्र दिएको छ भने विभिन्न डलरका खेति गर्ने आइएन्जिओ हरुले अपाङ्गको नाममा बैशाखि बाडेर फोटो बेचिरहेका छने । अब साच्चिकै अपाङ्गहरुलाइ वैशाखि होइन् खुट्टाको खाँचो छ उनिहरुलाइ आफ्नो खुट्टामा उभिन सक्ने बनाउने राज्यको दायित्व हो यसबाट राज्य कुनै पनि बहानामा पञ्छिन् हुदैन् र पाउदैन पनि । अपाङ्गहरुको पहिचान् गरि उनिहरुको क्षमता अनुसार उनिहरुलाइ शिक्षा दिने र आर्थिक तथा सामाजिक रुपमा सम्मानपुर्वक बाँच्ने व्यवस्था सिर्जना गर्नुपर्दछ । उनिहरु कहिल्यै पनि अरुको दयाको पात्रका रुपमा बाँच्न चाहदैनन् हाम्रा वरपर समेत हामिले यस्ता थुप्रै उदाहरणहरु देख्न सक्दछौ , अपाङ्गहरुलाइ अब खाँचो छ त केबल आफ्नो खुट्टामा उभिन सक्ने हुनु छ । वैशाखि त आफै किन्न सक्दछन् यो त केबल साहारा दिने एउटा साधन् मात्र हो । राज्यले अपाङ्गहरुलाइ विशेष प्याकेज ल्याएर सरकारी सेवामा लाग्नका लागि र आफ्नो व्यवसाय , पेसा र बौद्धिकताको कमाइ गर्नका लागि अवसर मिलाइदिनुपर्दछ ।
सरकारले बनाउने भौतिक् विकासका पुर्वाधारहरु अपाङ्गमैत्रि बनाउनु पर्दछ । हामिलाइ सामान्य लाग्ने धेरै कुराहरु छन् जसलाइ थोरै मात्र सोच्ने हो भने अपाङ्गमैत्रि बनाउन् सकिन्छ । जस्तै सरकारी कार्यालमा अत्यावश्यक पर्ने सेवाहरु भुइतलामा प्रदान गर्ने व्यवस्था मिलाउने , विद्यालयहरुमा र्याम्को व्यवस्था मिलाउने जस्ता थुप्रै साना तर एकदमै महत्वपुर्ण कुराहरुमा शिक्षित वर्गले सोच्नुपर्दछ । राज्यको हरेक अंगमा अपाङ्गता भएका व्यक्तिहरुलाइ पुराउन् जरुरी छ । अबको स्थानिय , संघिय तथा प्रदेश स्तरका सरकारमा अपाङ्गता भएका व्यक्तिहरुलाइ सम्पुर्ण पुराउनका लागि सम्पुर्ण पार्टिहरुले अनिवार्य गरिनुपर्दछ । अहिलेको स्थानिय तहको निर्वाचनमा जसरी एक महिला र एक दलित महिलालाइ
अनिवार्य रुपमा उमेदवार बनाउनुपर्ने व्यवस्था ल्याइयो यसरी नै संख्या हेरेर अवस्था हेरेर अपाङ्गव्यक्तिहरुलाइ पनि सरकारमा ल्याउनका लागि राजनैतिक पार्टिहरु लग्नुपर्दछ । त्यस्तै निजि क्षेत्रमा पनि क्षमता हेरेर अपाङ्गहरुलाइ विभिन्न तहमा कामगर्ने अवसर सिर्जना गर्नुपर्दछ ।
यसरी अपाङ्गहरुलाइ वैशाखि होइन् खुट्टाको व्यवस्था गरिनुपर्दछ जसका लागि सबैले आफ्नो आफ्नो ठाँउबाट आवाज उठाउनु पर्दछ । विभिन्न सञ्चार माध्यमहरुले यस्ता खालका खोजमुलक् र उत्प्रेरणमुलक कार्यकम्रहरु बनाइ सरकारलाइ घचघचाइ राख्नुपर्दछ । हामि मानव् भएर मात्र पुग्दैन् मानवियता पनि हुनु पर्दछ । अन्नत् हामि सबै मिलेर आवश्यक ठाउमा सक्ने सहयोग गरि सुन्दर समाजको निर्माण गर्न जरुरी छ ।
अर्मान मियाँ
नवलपुर