नवलपुर ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थि युनियन (अनेरास्वियु ) नवलपुरको प्रथम विस्तारित वैठक कावासोतीको मध्यविन्दु बहुमुखि क्याम्पसमा सम्पन्न भएको छ । जिल्ला कमिटि संयोजक कृष्ण गैह्रेको अध्यक्षता एंव अनेरास्वियु केन्द्रिय उपाध्यक्ष रश्मि आर्चायको प्रमुख आतित्थतामा प्रथम विस्तारित वैठक सम्पन्न भएको हो । विद्यार्थि जिवन समयमा विद्यार्थिले भाग्नुपरेका समस्या एंव त्यसको समाधानको लागि अनेरास्वियुले चाल्ने कदमको विषयमा समेत बैठकमा छलफल भएको छ ।
कार्यक्रममा प्रमुख बक्ता समेत रहेका अनेरास्वियु केन्द्रिय उपाध्यक्ष आर्चायले संविधानको पक्षपोषण गर्ने सन्दर्भमा पनि संगठनभित्र पृथक विचार हुन नहुने कुरामा जोड दिँदै राष्ट्रिय राजनीतिलाई हेक्का राखेर अनेरास्ववियुको कार्ययोजना बनाइनुपर्ने बताएका छन् ।उनले शिक्षामा भएको व्यापारीकरण वा सरकारी विद्यालयमा शैक्षिक गुणस्तर सुधार्न संगठन खरो ढंगले अघि बढ्नुपर्ने बताएका छन् ।
कार्यक्रममा नेकपा एमाले नवलपुर जिल्ला अध्यक्ष रोशन गाहा, नवलपुर सचिवालय सदश्य भिमलाल कंडेल, अनेरास्वियु केन्द्रिय सचिवालय सदश्य धर्म गिरी, अखिल केन्द्रिय सदश्यहरु प्रकाश काफ्ले, विष्णु पौडेल, प्रशान्त चापागाई, मदन गिरी, कमल तिवारी, विस्फोटन गिरी, देवचुली नगर कमिटि सचिवालय सदश्य जिवन श्रेष्ठ लगाएतले मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण अनेरास्वियु नवलपुरका सह-संयोजक सुरज सापकोटाले गर्नुभएको थियो ।