सुन्दा अचम्म लाग्छ आलु समेत किन्नु पर्ने हाम्रो देशले अब तालु बेच्नुपर्छ भन्दा, अब तालु पनि बेच्ने अनि आलु पनि बेच्ने दिशामा हामि नेपालि अघि बढ्नु पर्दछ । नेपाल ऋषि मुनिहरुको देश हो, यहाँका मुक्तिनाथ, पशुपतिनाथ दर्शन नगर्दा सम्म सनातन हिन्दु धर्मावलम्बिहरुको तिर्थ यात्रा समेत पुरा हुदैन् । यसको मतलब यो होकि हाम्रा ऋषिमुनिहरुको तालुको ज्ञानले आज सारा विश्वमा हिन्दुधर्म फैलदै गएको छ । ध्यान, योग र साधना अहिले विश्वमा आत्मिय शान्तिका लागि आध्यात्मिक विकासका लागि महत्वपुर्ण र प्रमुख साधनका रुपमा प्रयोग हुँदै आइरहेको छ । यसको मतलब यति मात्र हो कि हामिले परापुर्वकाल देखि नै मानव उत्पति काल देखि नै तालुको प्रयोग गर्दे आइरहेका छौँ ।
अबको विश्व अर्थतन्त्र भनेको भौतिक साधन बेचेर मात्र सम्भव छैन् किनकी विज्ञान र प्रविधिका कारण अब एउटै आलुले एउटा दश जनाको परिवारलाइ एक छाक पेट भरिने गरि उत्पादन् हुन् थालेका छन् र आगामि केहि वर्षमा यो नौलो कुरा हुने छैन् । हामिले तालुको खेति गर्नुपर्छ तब मात्र हामिले देखेको समृद्ध नेपाल शुखि नेपालिको मर्म पुरा हुनेछ । अब हामिले देशमा भएका त्यस्ता खालका युवा हिराहरुलाइ काट्न थाल्नुपर्दछ जसले हामिलाइ एउटै मात्र उत्पादन् र खोजले विश्व अर्थतन्त्रमा अगाडि बढाउन् सकोस् । हाम्रो देशबाट बाहिर गएर काटिएका युवा हिराहरु र नेपालका नकाटिएका हिराहरुलाइ नेपालमा नै बसेर खोज अनुसन्धान् र उत्पादनमा लगाउन् सकेको खण्डमा हाम्रो देश केहि वर्षमा नै कायापलट हुने छ । हाम्रो देशमा त्यस्ता थुप्रै युवाहरु छन् जो केहि सामान्य अवसर पाउदा मात्र पनि रकेट बनाएर अमेरिकालाइ देखाइदिएका छन् । महाविर पुनको राष्ट्रिय आविस्कार केन्द्र जस्तै देशले अब नेपाल आविस्कार केन्द्र खोलि त्यसलाइ सञ्चालन गर्नुपर्दछ । हामि अब विश्व सँग प्रतिस्पर्धा गर्नका लागि सक्छौँ त केबल नयाँ आविस्कार बाट नभए जति कुरा गरे पनि केहि हुनेवाला छैन् ।
हाम्रो देशमा प्राकृतिक स्रोत साधनको अथाह भण्डार छ जसको उपभोग गर्न हामिले सकिरहेका छैनौँ , अबको शिक्षित युवाहरुको चासो भनेको कसरी ति प्राकृतिक भण्डारको सहि प्रगोग गर्ने र समग्र देशलाइ विकास गर्ने भन्नेमा ध्यान जान जरुरी छ । हाम्रो देशका प्रत्येक रुखका, पात, डाँठ, बोक्रा, जरा, घाँस, झ्याउ, लेउ, ढुङ्गा, माटो, पानि, हावा जनावर, पंछि, जल अनि थलका प्राणिहरु सबै सबै औषधि हुन् । यसको हाम्रो देशका वैज्ञानिकहरुले अनुसन्धान् गर्नुपर्दछ र बेच्नुपर्दछ सारा विश्वलाइ । विश्व अहिले प्रविधिको युगमा छ हामिले अब त्यस्ता प्रविधिहरु विकास गर्नुपर्दछ जसले विश्वको डलरलाइ नेपालि बनाउन् सकोस् । फेसबुक, इन्स्टाग्राम, गुगल, माइक्रोसफ्ट जस्ता ठुला खालको सफ्टवेयर बनाएर बेच्नुपर्छ अब सारा विश्वलाइ । हो हाम्रो देश यस्ता केहि कुराहरुका लागि आर्थिक रुपमा असमर्थ पनि होला तर के हाम्रो सरकार महाविर पुन जिलाइ सहयोग गर्न पनि नसक्ने छ ? उहाँलाइ सरकारले उहाँले चाहेको जति नभए पनि सक्ने जति सहयोग गर्न किन् हात कपाइरहेको छ ? यसको उत्तर विस्तारै शिक्षित युवा वर्ग र नागरिक समाजले माग्दै जाला ।
यसरी राष्ट्रिय रुपमा आविस्कारमा लाग्ने हो भने वर्तमान् समयमा कोरोनाको भ्याक्सिन् खोजेर सारा विश्वलाइ पुग्ने गरि हामि नेपालिले बाडिरहेका हुन्थयौँ , जसरी अहिले विभिन्न देशका आर्मिमा, विभिन्न देशका उद्योग, व्यापार, पर्यटन, होटल लगाएतमा सस्तो दाममा युवाहरुलाइ बाडेजस्तै ।
अब त युवाहरु जाग्ने बेला आएको छ, देशमा नै केहि गरेर देखाउने बेला आएको छ । हामि कहिल्यै अरुको अधिनमा नरहेको स्वतन्त्र राष्ट्र त भनेका छौ हो त्यो कुरा कुनै काल खण्डमा ठिक थियो र अहिले पनि त्यहि नै हो तर के साच्चै हामि वर्तमान् परिवेशमा रेमिट्यान्स् र अन्य देशबाट नाना र खाना नआए बाँच्न सक्छौँ । अबको लडाई वौद्धिक हुनुपर्दछ हामि अब तालुको व्यापारमा लाग्नुपर्दछ । जय देश जय युवा
अर्मान मियाँ
नवलपुर