के भएछ मलाई?
मलाई केहि लेख्न आउदैन,
कविता रे !?
के हो “कविता” भन्या?
कसरी लेखिन्छ,
किन लेख्ने त्यो?
‘बलत्कार बिरुद्ध’ कविता
लेखिएको दिन नै
बेलुका आफ्नै बुबा द्धारा
छोरी बलात्कृत भएकी
कुसमाचार सुन्न पाईन्छ
भने म किन लेख्ने अब
कविता??
मैले के न्याय गर्न सके?
मैले कविता कोरेर ठुलो
पाप गरे।
‘बलत्कार’ शब्द उसका
कानलाई सुनाईदिए
उसले घर गयो छोरीलाई
बलत्कार गर्यो।
के भएछ मलाई??
मलाई केही लेख्न आउदैन,
गजल रे!?
कस्तो हुन्छ त्यो कसरी
लेख्ने हो त्यो?
‘भष्ट्रचार बिरुद्ध’ गजल
कोरेको दिन नै
बेलुकी म आफु भष्ट्रचार
गर्दै हिँड्छु भने
अब म किन लेख्ने
नटिक्ने, झुटा विषयमा
गजल??
मैले के न्याय गर्न सके?
मैले गजल जन्माएर
ठुलो पाप गरे।
‘भष्ट्रचार’ शब्द मैले कोरे
मनमा खुल्दुली भयो
त्यसलाई मेटाउन
भष्ट्रचार गर्दै हिडे।
के भएछ मलाई??
मलाई केही लेख्न आउदैन,
कथा रे!? ‘
शान्तिका अग्रदुत
गौतम बुद्ध’ कथा
सुनाएको दिन नै
बेलुकी म आफैं रक्सी
धोकेर बुढी कुट्छु ,आमा
कुट्छु भने
अब म किन लेख्ने गलत
विषय, किन सुनाउने
कथा??
के न्याय गरे मैले???
‘शान्तिका अग्रदुत
गौतम बुद्ध’
शान्ति शव्द मैले लेखे
शान्ति भएको घरमा
गएर
मैले मेरी आमा शान्ति
लाई पिटे
मैले मेरी श्रीमती शान्ति
लाई पिटे।
के भएछ मलाई??
यस्ता थुप्रै प्रस्न आउँछन्
मनमा लेखेर राखेका ति
कापीका पन्ना देख्दा
पनि डर लाग्छ
खोल्ने हिम्मत नै
आउदैन।
लाग्छ म शब्दको हत्यारा हुँ।
लाग्छ म रङ्गमञ्चमा
नाटक देखाईरहेछु।
लाग्छ मैले थुप्रै अन्याय
गरेको छू।
तर मलाई यो किन
लाग्दैन?
म कविता जन्माउने
मान्छे हुँ??
म गजल जन्माउने मान्छे हुँ???
म भुतको कथा कल्पना
गर्ने मान्छे हुँ?
डायरी का पानाहरु त
चाहान्छन मलाई
छोइदिए हुने,
मलाई पल्टाईदिए हुने,
मलाई हेरिदिए हुने,
गुन्गुनाइ दिए हुने।
तर यि हस्तहरु
डराउँछन्,
उसका नजिक जान,
उसलाई नजिक बाट
नियाल्न,
उसलाई पल्टाउन,
उसलाई छुन,
उसका सामु गुनगुनाउन,
आखिर किन?