मदन अर्याल, नवलपुर । ।
नवलपरासी पुर्व देवचुली नगरपालिकाका साईकल यात्रीद्धारा सिरथान (देवचुली) सरसफाई अभियान सम्पन्न गरेका छन् । राईड टु प्राईड भन्ने मुल नाराका साथ चुचुरो चड्न जाने पैदल यात्रीहरुले गरेको फोहोर मैला ब्यवस्थापन र साईकल सहित सिरथान (देवचुली) चढ्ने उदेश्यले संचालन गरिएको २ दिने अभियान सफलता पुर्वक सम्पन्न भएको हो । अभियानमा देवचुली स्थायी निवासी केशव थनेतको नेतृत्वमा केशव पौडेल, अमृत चापागाईँ, उदेश श्रेष्ठ, रमेश भुसाल, सुन्दर सापकोटा र पवन बुढाथाकी सहित सात जना साईकल यात्रीहरु सहभागी थिए ।
पैदल यात्रीहरु पनि धेरै दुख र कठिनका साथ चड्ने यो चुचुरोमा साईकल सहित सरससफाई अभियान सम्पन्न गरेको टोलीका नेतृत्वकर्ता थनेतले जानकारी दिनुभयो । स्थानिय निकायको पहलमा पैदल यात्रीहरुको लागि गोरेटो बाटो खनिएता पनि साइकल यात्रीहरुको लागि उपयुक्त बाटो नहुँदा आफुहरुले केही दुःख र असहज परिस्थीतिको सामना गर्नुपरेको उहाँले बताउनु भयो ।
त्यस्तै पछिल्लो समय पैदल यात्रीहरुको लागी गन्तव्य स्थल बनेको यो चुचुरो साईकल यात्रीहरुको लागि पनी एउटा हब वन्न सक्छ भन्ने सन्देश दिनको लागि पनि आफुहरु साईकल सहित चुचुरोमा पुगेको साईकल यात्री पवन बुढाथोकीले जानकारी दिनुभयो । उहाँले भन्नु भयो समुन्द्री सतह देखि करीव १९३८ मिटरमा रहेको यो चुचुरो सम्भवत नवलपुरकै सबै भन्दा उच्च भुभागमा रहेको चुचुरो पनि हो । पछिल्लो समय आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । यो चुचुरो पैदल यात्रीका लागि मात्र नभएर साईकल यात्रीहरुको लागि पनि एक गन्तव्य स्थल बन्न सक्दछ । त्यसैले यसको पर्वद्धन विकासकालागि सम्बन्धित निकाय, सरकारवाला एवं सम्पूर्ण देवचुलीबासीहरु एक जुट भएर लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।
अभियानमा देवचुली नगरपालीकाको सहयोग र आशिष फोटो एण्ड फ्लेक्स प्रिटले ब्यानर सौजन्य उपलब्ध गराएको थियो । त्यस्तै अभियानको मिडिया पार्टनर पावर संदेश रहेको थियो । अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्णमा साईकल यात्रीले धन्यवाद व्यक्त गरेका छन् ।