गैँडाकोट ।
नवलपुर गैँडाकोट ८ करङ्घारी उज्जवल टोलकी १४ वर्षकी पवी परियार वेपत्ता भएकी छन् । शुक्रबार बिहान १० बजेको समयमा घरबाटै बेपत्ता भएको आमा शान्ती परियारले बताउनुभएको छ । विरामी भनेर विहिबार पनि विद्यालय नगएकी रश्मी शुक्रबार पनि विद्यालय गएकी थिइनन् । विजय सामुदायिक शिक्षा सदन गैँडाकोटमा कक्षा ५ मा अध्ययनरत रश्मी बेपत्ता भएपछि परिवारजन हार गुहार गर्दै खोजीका लागि पहल गरिदिन आग्रह गर्दै दौडिरहेका छन् । परिवारकी जेठी छोरी बेपत्ता भएपछि परिवारजन भावविव्हल भएका छन् । रश्मीका बुवा हाल बैदेशिक रोजगारीको शिलशिलामा दुवईमा छन् ।
यस्तो थियो घटनाक्रम
दैनिक जस्तो गैंडाकोट नगरपालिका वडा नं। ८ करङ्घारी उज्जवल टोल बस्ने १४ वर्षिया रश्मी स्कुल जाने तयारी गरिरहेकी थिईन् । तर अन्य दिनभन्दा उनको व्यवहार फरक थियो । बिहान साढे ९ बजे भाईसँगै निस्किएकी उनि स्कुल ड्रेसमा भने थिईनन् । आमाले किन ड्रेस नलगाएको भनेर पनि सोधेकी थिईन् । तर रश्मीले आउट ड्रेस लगाएपनि विद्यालयमा केही नभन्ने बताईन् । प्राय मोवाईलमा वढि व्यस्त देखिने उनि आमाको करले मोवाईल घरमा नै छाडेकी थिईन् । प्राय मोवाईलमा गेम खेलेको बताउने उनले के गरिरहेकी छिन भन्ने परिवारले हेक्का राख्ने गरेको थिएन ।
भाईसँगै विद्यालयका लागि निस्किएकी उनले कालो झोलामा भने किताब कपि कलम बोकेकी थिईन । घर नजिकै करङ्घारी उज्जवल टोलमा विद्यालयको गाडी आएपनि उनि भने गाडि चढिनन् । भोक लाग्यो भने घर आउँछिन की भनेर सो दिन आमाले पैसा पनि दिएकी थिईनन् । भाईलाई कपिमा एउटा सानो चिठि अंग्रेजी रोमनमा लेखिन र भनिन् यो घरम लगेर दिनु । भाई गाडी चढेर विद्यालय गए । घरबाट निस्कने क्रममा रश्मीले जिन्स पाईन्ट र सेतो धर्के टिसर्ट लगाएकी थिईन् । रश्मी भने कहाँ गईन अत्तोपत्तो भएन ।
कसैलाई नभन चिठि ममिलाई लगेर दे भनेपछि भाईले पनि सोही अनुरुप गरे । चिठिमा उनले घर छोडेर हिंडेको र खोजी नगर्न उल्लेख गरेकी छन् । त्यसपछि परिवारले खोजी तिव्र पारेका थिए ।
४ बजे पुल्चोकमा देखिएकी थिईन्
उनि शुक्रबार नै अपरान्ह पुल्चोकमा देखिएकी थिईन् । बेलुका ४ बजे पुल्चोकमा माईजु भुमिसरा परियाले देखेको तर कुरा नगरेको बताउनुभएको छ । माक्स लगाएकाले पहिचानमा समस्या भएको उहाँले बताउनुभयो । सिसि क्यामेरामा पनि चेक गरिएको छ । उनिको बसाई र हिंडाई अनुसार रश्मी नै भएको परिवारजनले पहिचान गरेका छन् । त्यसपछि उनि कहाँ गईन भन्ने पत्ता लागेको छैन ।
प्रहरीमा उजुरी
शुक्रबारदेखी सम्पर्कविहिन भएपछि परिवारजनले खोजीका लागि विभिन्न माध्यमबाट आग्रह गर्दै आईरहेका छन् । उनिहरुले ईलाका प्रहरी कार्यालय गैँडाकोटमा खोजीको पहल गरिदन निवेदन दिएका छन् । ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले उनको खोजी कार्य जारी रहेको बताउनुभयो । परिवारजनसँगै प्रहरी खटिएर अन्य स्थानका प्रहरी परिचालन गरेर उनको खोजीकार्य भईरहेको बताउनुभयो ।
उनलाई घरमा नपुग्ने केही थिएन । जहाँ भएपनि एकपटक शकुसल छु भनेर घरमा फोन गरिदिए हुन्थ्यो भन्दै आमा शान्तीले विलाप गर्दै भन्नुभएको छ । मोवाईल धेरै हेरेको भनेर आमाले मोवाईल खोसेको बताउनुभएको छ । रश्मीका बुवा हाल बैदेशिक रोजगारिका शिलशिलामा विदेश बस्नुभएको छ ।
रश्मीलाई कहीँकतै देख्नु हुने तथा भेट्ने महानुभाबहरुले ईलाका प्रहरी कार्यालय गैंडाकोटको सम्पर्क नं. ९८५७०९०४८० तथा आमा शान्ती परियारको मोबाइल नं. ९८१११४६९५३ मा सम्पर्क गरिदिन परिवारजनले आग्रह गरेका छन् ।