मेघौली ।
भरतपुर महानगर वडा–२७ र २८ मा रहेका सीमान्तकृत मुसहर समुदायलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ ।
एनआरएन नर्थ क्यारोलिना अमेरिकाले पिपरा, दद्रहनीमा रहेका ३० परिवारका सदस्यहरुलाई एक–एक थान कम्बल र सिरानीसहित स्वीटर, ज्याकेट, ट्राउजर, पाइन्टलगायतका जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको हो ।
एनआरएन नर्थ क्यारोलिना अमेरिकाका अध्यक्ष कुलानन्द शर्माको नेतृत्वमा न्यानो कपडा वितरण गरिएको हो । संस्थाका कार्यसमिति सदस्यहरु राजदीप केसी वासुदेव भट्ट, निशा ढकाल, अनिता कोइराला, सुदन गैरे, इन्दिरा अर्याल, राम थापा, केशव खनाल, रुपेश भट्टद्वारा व्यक्तिगतरुपमा संकलित रकमबाट यो सहयोग उपलब्ध गराइएको एनआरएन नर्थ क्यारोलिना अमेरिकाकी महिला संयोजक अनिता कोइरालाले जानकारी दिइन् ।
साझापुर माविको परिसरमा सम्पन्न कार्यक्रममा विद्यालयकी निवर्तमान अध्यक्ष लालु अधिकारी, समाजसेवी सङ्गीता भट्टराई, नारायण बस्ताकोटी, कमला कोइराला, रमा बस्ताकोटीलगायतको सहभागिता थियो ।