नवलपरासी ।
नवलपरासी (पश्चिम) प्रहरीले आइतबार करिब ५ लाख ४ हजार ४०० सय मूल्यबराबर अवैध मालसामान जिल्लाको विभिन्न स्थानबाट बरामद गरेको छ ।
नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको करिब १ लाख ५८ हजार ४०० मूल्यबराबरको १९ क्विन्टल केराउ र ८० केजी मुरली मकै इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी बसहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं ५ बसहियाबाट दिउँसो २ बजे बरामद गरेको हो ।
त्यस्तै, भन्सार छलेर ल्याएको ३ लाख ४६ हजार मूल्य बराबरको ४६ थान सिलिक पर्दा र १९ रोलमा ९५० मिटर पोलिस्टर तन्ना कपडा इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले सुस्ता गाउँपालिका वडा नं १ छघरेस्थित सिसौघारीबाट बरामद गरेको नवलपरासी (पश्चिम) प्रहरीले जनाएको छ ।