दयाराम आचार्य, देवचुली ।
संस्कृतिको जर्गेना गर्दै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्येश्यले नवलपुरको देवचुली नगरपालकामा बहु सांस्कृतिक भवन निर्माण हुने भएको छ । यहाँ रहेका विभिन्न समुदायका कला संस्कृतिको जगेर्ना गर्ने उद्येश्यले बहुसास्कृतिक भवन निर्माण गर्न लागिएको देवचुली नगरपालका वडा नम्बर ९का वटा अध्यक्ष मेख बहादुर सारु मगरले बताउनुभयो । गण्डकी प्रदेश सरकारको सहयोगमा भवन निर्माण गर्न लागिएको वडा अध्यक्ष सारु मगरले बताउनुभयो ।
ग्ण्डकी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा बहुसास्कृतिक भवन निर्माण गर्न लागिएको हो । घुमाउरी पिकनिक स्पोर्टसँगै भवन निर्माण गर्न लागिएको हो । यहाँ आउने आन्तरिक पर्यटकलाई समेत कला,संस्कृति प्रदर्शन गर्ने उधेश्यले यहाँ भवन बनाइएको हो । भजन, कौरा, नचान र झ्याउरे लगाएतका संस्कृति यहाँ आउने पर्यटकलाई देखाउने उद्येश्य समेत रहेको वडा अध्यष सारु मगरले बताउनुभयो ।
कला संस्कृतिसँगै विभिन्न जातजातिका परम्परागत भेष,भुषा, प्रयोग गर्ने गरेका सामाग्रिको समेत प्रदर्शनी गरिने उहाँले बताउनुभयो । यसै बीच भवन निर्माणकालागि आवश्यक पर्ने जग्गा तीन जनाले प्रदान गरेका छन् । ओमराज अधिकारीले १५ धुर, इन्द्रकला पाण्डे र सोमन सिहंठाडा मगरले दुई ÷दुई धुरका हिसाबले जग्गा प्रदान गर्नुभएको हो । भवन निर्माणकालागि जग्गा प्रदान गर्ने दाताहरुलाई वडा अध्यक्ष सारु मगरले धन्यवाद दिनुभयो । भवनको आज शिलान्यास गरिएको छ ।