काठमाडौं ।
चिनियाँ वैज्ञानिकहरुले प्लेन इन्जिन बनाएका छन् । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो असर परेको भन्दै कैयौं देशले ठूला ठूला प्रोजेक्टहरु रद्द गरिरहेका बेला चीनले यो आविष्कार गरेको हो ।
सो इन्जिनलाई उनीहरुले रिभोल्युसनरी प्लेन इन्जिन नाम दिएका छन् । यो विमानमा प्रयोग भएको इन्जिनले यसलाई दुई घण्टाभित्रै विश्वको जुनसुकै कुनामा पुर्याउन सक्ने निर्माण टोलीको दाबी छ ।
बेइजिङस्थित एउटा हाइपरसोनिक वाइण्ड टनलमा गरेको प्रोटोटाइपको परीक्षण फ्लाइटमा थ्रस्ट, इन्धन बचत र अपरेसन स्टाबिलिटीको आधारमा यसको पर्फमेन्स एकदमै अतुलनीय पाइएको थियो ।
सो विमानको इन्जिनले रियुजेबल ट्रान्स( एटमोसफियरिक प्लेनको रुपमा समेत काम गर्दछ ।