विवेक भण्डारी
हरिबोधनी एकादशीको अवसरमा नवलपुरका विभिन्न स्थानमा रहेका मन्दिरहरुमा विहानै देखि पुजापाठ तथा प्रवचन संञ्चालन भएका थिए ।
जिल्लाको देवचुली नगरपालिकामा रहेको दिव्यधाम मन्दिरमा पनि पुजापाठ तथा प्रवचन साथै नारायणि स्नान गर्न आउने भक्तजनहरुको घुइचो लागेको थियो । दिव्य धाम मन्दिरका अध्यक्ष तिलप्रसाद पाठकका अनुसार हरिबोधनी एकादशीको पावन अवसरमा मन्दिरमा पुजापाठ संगै प्रवचन भएको बताए ।उनका अनुसार देवचुली नगरपालिकाको धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको दिव्यधाम परिसरलाई चिनाउन हरेक वर्ष यस क्षेत्रमा पुजापाठ र मेला लाग्ने गरे पनि हाल कोरोनाका कारण बाक्लो मेला नलागेको बताए । यो संगै जिल्लाको गैडाकोट,कावासोती , हुप्सेकोट लगायतका क्षेत्रमा पुजापाठ तथा धार्मिक कार्यक्रमहरु आयोजना गरिएको थियो।