नवलपुर ।
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह दामोदरसँग विवाह गरेर विशेष पूजा गरी मनाइने गरिन्छ । यस वर्ष असोजमा अधिक मास परेकाले चाडपर्वहरू पछाडि सरेका हुन् । हरिबोधिनी एकादशी आज परेको छ । बुधबार हिजो र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई धार्मिक कर्म गर्नेले अघिल्लो दिन र वेदमा आधारित भई धार्मिक काम गर्नेले बिहीबार एकादशी व्रत गरी विशेष पूजा आराधना गर्दैछन् ।
हरेक बर्ष नवलपुरको नारायणी किनारमा लाग्ने एकादशी मेला यस बर्ष भने रोकिएको छ । पुर्वी नवलपरासीको कावासोती–१२ पिठौलीमा यस बर्ष हरिबोधनी एकादशी मेला नलाग्ने भएको हो । सरकारले कोरोना भाइरसको जोखिको कारण भिडभाड जम्मा नहुन र सामुहिकरुपमा कुनै पनि कार्य गर्न नदिन स्थानिय निकायहरुलाई निर्देशन थियो । सरकारले तोकेको मापदण्ड र निर्देश अनुसार नै मेला नलगाउने निर्णय भएको वडा अध्यक्ष खेमप्रसाद काफ्ले जानकारी दिनुभयो ।
तर सरकारले तोकेको मापदण्ड अनुसार भक्तजनहरुलाई एकादशी पुजा तथा स्थान गर्न भने कुनै रोक लगाईएको छैन् , छिटफुट रुपमा सुन्तला, सखरखण्डा, ऊखु, कपडा, लगाएतका ब्यपार भने देखिएको छ ।