पुर्वी चितवनको राप्ती नगरपालिका-६ हर्दीमा मोटरसाइकल र ग्यासट्याङ्कर ठोकिदा मोटरसाइकलमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएकाे छ । प्रदेश नं.३ ०३–००२ प ११८ नम्बरको मोटरसाइकललाई एनएल०१ एल २४६० नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिंदा स्थानीय दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती–५ भण्डाराका सचिन दनै र नवराज दनै रहेको प्रहरीले जनाएको छ । लासलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थानीयले लास बिना अनुमती लगेको भन्दै बिरोधमा उत्रीएका छन्। जसले गर्दा स्थानीय र प्रहरीबीच पटक पटक झडप भईरहेको जनाईएको छ ।