पावर संदेश
धनुषाका दुई नेपाली बैज्ञानिक ईन्जिनियर अमेरिकामा उच्च बैज्ञानिक पुरस्कारले सम्मानित भएका छन् । नासामा कार्यरत जनकपुरकी बैज्ञानिक ईन्जिनियर डा रश्मी शाह नासाद्वारा ‘ अर्ली करिअर पब्लिक अचिभमेन्ट पुरस्कार २०१९ ‘ बाट सम्मानित भएकी छिन् । भने अमेरिकाको ईन्टेल कम्पनीमा कार्यरत जनकपुरका बरिष्ठ अनुसन्धानकर्ता , बैज्ञानिक ईन्जिनियर डा . सतिशचन्द्र झा ईन्टेल कम्पनीको ‘ सर्वोच्च आविष्कारक पुरस्कार २०१९ ‘ बाट सम्मानित भएका छन् ।