बिबेक भण्डारी, देवचुली ।
देवचुली नगरपालिका वडा नम्बर २ सुन्दरबस्तीलार्ई धार्मिक पर्यटकिय क्षेत्र बनाउन स्थानिय सकृय भएका छन । वडा नम्बर २ का स्थानियहरुले वडालाई धार्मिक पर्यटकीय स्थल बनाउन उक्त क्षेत्रमा आकर्षक मन्दिर निर्माण गरेका छन ।
श्री नागेस्वर महादेवको मन्दिरका रुपमा स्थानियले मन्दिरलाई आकर्षक बनाएका छन । सुन्दरबस्ती पर्यटकिय नागेस्वर सिवालय मन्दिरका अध्यक्ष शालिकराम पुरीका अनुसार देवचुली सुन्दरबस्ती संगै यस क्षेत्रलाई थप र्धार्मिक पर्यटकीय क्षेत्र बनाउन स्थानिय आफै लागि परेको बताए । उनका अनुसार मन्दिर निर्माणमा करिव ७ लाख रुपैया खर्च भएको जनाए ।
संविधानसभाका संसाद सत्यनारायण खनालको पहलमा पर्यटन पूर्वाधार विकासबाट ३ लाख, वडाको स्थानिय वतावातरण समितिबाट १ लाख , देवचुली नगरपालिकाको तर्फबाट १ लाख २० हजार बराबरको मुर्ति र स्थानियको सहयोगमा मन्दिर निर्माण गरिएको बताए । तिन दिन सम्म विविध पुजाआर्जा गरि मन्दिरको उद्घाट गरिने छ ।
मन्दिरका अध्यक्ष पुरीका अनुसार कार्तिक १३ गते देखि १५ गते तिन दिन सम्म विविध कार्यक्रम रहने जनाए । १५ गते बिहान वडा परिक्रमा गराइ ११ बजे सासंद सत्यनारायण खनालको प्रमुख आतिथ्यतामा मन्दिरको उद्घाट गरिने बताए ।
विहिवार पहिलो दिन शिवशंकरकोे मुर्ति स्थापना गर्दै प्राणप्रतिस्था विधिशास्त्र अनुसार पुजा आरधना गरिएको छ ।