विराटनगर ।
कोरोना महामारीको समयमा संघीय संसद्ले दसैं भत्ता लिएको सर्वत्र विरोध र लोचना भएपछि प्रदेश १ का सांसद र मन्त्रीले भत्ता नलिने निर्णय गरेका छन्।
यसअघिका वर्षमा पनि दसैं भत्ता नदिएको र यो वर्ष पनि सांसदलाई दिने निर्णय नभएको प्रदेश १ प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए। ‘पहिले पनि थिएन यो वर्ष त झन् महामारीमा खर्च कटौती गर्नुपर्छ भन्ने संसद्कै माग थियो’, उनले भने ‘महामारीको समयमा जनप्रतिनिधिले नै यसरी भत्ता लिएर अनुचित समयमा राज्य कोषको दुरुपयोग गर्न भएन।’
यो वर्ष अनावश्यक खर्च कटौंती गर्न भन्दै प्रदेश १ सरकारले पनि दसैंमा भत्ता नलिने निर्णय गरेकाले कुनै मन्त्रीले पनि नलिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ ले जनाएको छ।