रामचन्द्र मोक्तान, मकवानपुर
मकवानपुर जिल्लाको उतरिक्षेत्रमा पर्ने थाहा नगरपालिका तरकारीको लागी ख्याति कमाएको छ । प्राय सबै हरियो तरकारी उत्पादन हुने यो नगरमा बर्ष भरिमा करोडौंको तरकारी बिक्री गरिन्छ । वरिपरि हरियाली डाँडाले घेरिएको थाहा नगरपालिका पर्यटकिय हिसाबले पनि सुन्दर रहेको छ ।
सुन्दर हिमालहरुको दृश्य अबलोकन गर्न सकिन्छ र हरेक बर्षा दामन ,सिमभन्ज्याङमा हिउँ पर्ने गर्छन् । दामन २३२२ मिटरको उचाई मा छ भने सिमभन्ज्याङ २४८८ मिटरको उचाईमा अबस्थित छ्न । प्रसिद्ध धार्मिक स्थल ॠशेस्वार महादेवको मन्दिर ,इन्द्रेणी माइको मन्दिर ,बज्राबाराहिको मन्दिर पनि थाहा नगर मै पर्दछ । अहिले भने यहाँ सबैको खेतबारीमा सुन्दर हरियाली आलुको बोटले ढकमक्का ढाकिएको छ ।